ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

नदीजन्य पदार्थ रोकथामका लागि नागरिक समाजको ध्यानाकर्षण

७ पुष २०७९, बिहीबार
७ पुष २०७९, बिहीबार

दाङ, ७ पुस ।

दाङका नदी तथा खोलाबाट अवैध रुपमा विगतदेखि नदीजन्य पदार्थको ओसारपसार भई रहेकोप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजले उक्त कार्य तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरेको छ ।

यो विषयमा सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराउँदै आएपनि अवैध कार्य निरन्तर र व्यापक रुपमा भईरहेको ठहर गर्दै समाजले प्राकृतिक श्रोतको अवैध, गैर कानुनी दोहन हुँदा पनि सम्बन्धित क्षेत्र मौन रहेको प्रति कडा रुपमा विरोध गर्दै उक्त कार्य तत्काल रोक्नका लागि कानुन सम्मत कदम चाल्न माग गरेको हो ।

यसैगरी, जिल्लाका दशवटै पालिका भित्रका सार्वजनिक जग्गा अतिक्रमण भई दुरुपयोग भएको विषयमा पनि नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण भएको स्थानको स्थलगत अनुगमन गरी सो क्षेत्रमा बनाईएका अवैध संरचना हटाई सार्वजनिक हितमा प्रयोग गर्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यसैगरी घोराही–तुलसीपुर चार लेन सडक बिस्तारको काम अलपत्र पर्दा सडकको दायाँबायाँ खनिएको खाडलका कारण यात्रामा असजता थपिनुका साथै सडक दुर्घटना बढेको तथा धुलोले जनस्वास्थ्यमा असर पुर्याई रहेको हुँदा अविलम्ब सम्झौता अनुसार काम अघि बढाउन ध्यानाकर्षण गराएको छ ।

दाङका बजार क्षेत्रहरु घोराही, तुलसीपुर, लमही, भालुवाङ, हापुरेलगायत क्षेत्रलगायत सबै ठाउँमा यातायात आवागमन सहज बनाउन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई दुर्घटना न्युनीकरण गर्न र बजारमा पार्किङ व्यवस्थापनमा ध्यान दिन अपिल गरिएको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा बिहीबार घोराहीमा बसेको बैठकले विभिन्न माग सहितको ध्यानाकर्षण गराएको हो । सार्वजनिक सवारीसाधनमा निर्धारण गरिएको भाडादर कार्यान्वयन गर्न तथा जेष्ठ नागरिक ऐन २०६५ ले गरेको व्यवस्था अनुसार भाडामा सुविधा कार्यान्वयन गर्न माग गरिएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?