ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पैसा कमाउने औषधीय गुणका बिरुवामा अनुसन्धान केन्द्रको जोड

२९ कार्तिक २०८२, शनिबार
२९ कार्तिक २०८२, शनिबार

सल्यान, २९ कार्तिक ।

सल्यानबाट औषधीय गुण भएका ५० हजार बिरुवा उत्पादन गरेर ३५ हजार बिरुवा रोपण गरिएको छ ।

जैविक विविधता संरक्षणका लागि निरन्तर लागिरहेको वनस्पति अनुसन्धान केन्द्र सल्यानले आर्थिक वर्ष २०८१/८२ मा ५० हजार औषधीय गुण भएका बिरुवा उत्पादन गरेको हो ।यसमध्ये ३५ हजार बिरुवा किसान तथा समुदायलाई वितरण गरिएको अनुसन्धान केन्द्रका प्रमुख डाक्टर मित्र पाठकले जानकारी दिए ।

किसानहरूको आर्थिक समृद्धि, व्यक्तिको स्वास्थ्य सुरक्षा, वातावरण संरक्षण र परम्परागत ज्ञानको निरन्तरताको लागि जडीबुटीका बिरुवा उत्पादन र खेती विस्तारले महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

अनुसन्धान केन्द्रका अनुसार विगतकामा वार्षिक एक लाख बढी बिरुवा उत्पादन हुने गरेकोमा पछिल्लो समय बजेटको सीमितता एवं मागको आधारमा कम बिरुवा उत्पादन भएको हो ।

यद्यपि बिरुवाको गुणस्तर र वितरणमा विशेष ध्यान दिइएको छ । टिमुर, तेज पात, मलागिरी, कुरिलो, हर्रो, बर्रो, अमला, चिउरी, ओखर, काउलो र अश्वगन्धा जस्ता बहुमूल्य जडीबुटीहरू उत्पादन तथा वितरण गरिएको केन्द्रले जनाएको छ ।

“टिमुर, मलागिरीका बिरुवा विशेष गरेर व्यक्तिगत रूपमा किसानहरूले बढी लग्ने गर्नुहुन्छ, तेज पात, काउलोका बिरुवा सामुदायिक वनहरूमा लगाउने गरिएको छ”, अनुसन्धान केन्द्रका प्रमुख डाक्टर पाठकले भने, “सल्यानसहित दाङ, रोल्पा, रुकुम, जाजरकोट, दैलेख लगायतका जिल्लामा बिरुवा जाने गरेको छ ।”

औषधीय  गुणयुक्त बिरुवाको खेतीबाट किसान तथा वन समूहहरूले मनग्य आम्दानी पनि गर्ने गरेका छन् । वनस्पति अनुसन्धान केन्द्रले जडीबुटी खेती प्रवर्द्धनका क्रियाकलापहरू सञ्चालन गर्न थालेको २५ वर्ष बढी भैसकेको छ ।

त्यसअघि जङ्गलबाट सङ्कलन गरेर एक दुई लाख रुपैयाँको मात्रै टिमुर लगायतका जडीबुटी बिक्री हुने गरेकोमा पछिल्लो समय करोडौँको जडीबुटी सल्यानबाट निकासी हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।

“एउटै वडाबाट तीन करोड रुपैयाँसम्मको जडीबुटी बिक्री भएको देखिन्छ । यसमा विशेष गरेर वनस्पति अनुसन्धान केन्द्रको महत्त्वपूर्ण योगदान छ”, पाठकले भने ।

 आठ जिल्लामा क्रियाकलाप सञ्चालन:

अनुसन्धान केन्द्रको कार्यक्षेत्र तल्लो कर्णालीका पाँच जिल्ला तथा रोल्पा, दाङ र प्युठानसहित आठ जिल्ला हो । यहाँ पालैपालो कार्यक्रम सञ्चालन हुने गरेका छन् ।

जडीबुटी खेती प्रवर्द्धन, विद्यालय स्तरीय सचेतना, विषालु च्याउसम्बन्धी जागरण, जैविक विषादी प्रयोग र वनस्पति खोजीका कार्यहरू प्रमुख रूपमा सञ्चालन हुने गरेको केन्द्रले जनाएको छ ।

कम लगानीमा दिगो आम्दानी, रोग प्रतिरोधक क्षमता वृद्धि, माटो संरक्षण तथा जैविक विविधता जोगाउने औषधी गुणले भरिपूर्ण बिरुवाहरूले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन टेवा पुर्‍याइरहेका छन् ।

अनुसन्धान केन्द्रले कपुरकोट, ३ स्थित मुलपानी वनस्पति उद्यानका तीनवटा नर्सरी र कपुरकोट, ३ कै जम्पानी स्थित चारवटा नर्सरी तथा नर्सरी वाहिर एवं त्रिवेणी, ६ सल्लेखोला स्थित एउटा नर्सरी र नर्सरी वाहिर बिरुवा उत्पादन गर्दै आएको छ ।

दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षणमा जोड:

गत आर्थिक वर्षमा केन्द्रले ६–७ ठाउँमा जडीबुटी खेती तालिम तथा प्राविधिक सल्लाह कार्यक्रम सञ्चालन गरेको थियो । जसमा करिब २५० जनाले सहभागिता जनाएका थिए ।

यसै गरी सल्यान, रोल्पा र दाङका एक–एक विद्यालयमा पनि जडीबुटीसम्बन्धी सचेतना कार्यक्रम गरेर २५० विद्यार्थीलाई अभिमुखीकरण गरिएको थियो ।

दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षणमा केन्द्रले विशेष जोड दिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका, ६ मा ३० जनालाई छुट्टै गोष्ठी आयोजना गरियो । त्यस्तै कपुरकोट, ४ को धनवाङ–गाडापानीमा २० जनालाई रुख उन्यू संरक्षणका लागि सचेतना गोष्ठी सञ्चालन गरिएको थियो ।

छत्रेश्वरीका सामुदायिक वन समूहका सदस्यहरूलाई काँकडसिंगी, विभिन्न सुनाखरी, बन चाँप, टटेलो, सिप्लिकान र रुख उन्यू जस्ता दुर्लभ प्रजातिहरूको संरक्षणबारे विशेष प्रशिक्षण दिइएको केन्द्रले जनाएको छ ।

यस्ता कार्यक्रमले स्थानीय समुदायमा जडीबुटी संरक्षणको चेतना बढाउँदै जैविक विविधता जोगाउन मद्दत पुर्‍याउने उद्देश्य रहेको भन्दै केन्द्रका प्रमुख पाठकले आगामी वर्षहरूमा उत्पादन र वितरणलाई थप विस्तार गर्ने योजना रहेको जनाए ।

विभिन्न ठाउँमा जडीबुटी उत्पादन पकेट क्षेत्र बनाएर काम भइरहेको छ । विगतमा अनुसन्धान केन्द्रले जडीबुटी खेतीमा अनुदानका कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?