Butwal Today
जिल्लास्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता

न्यू होराइजन र बुद्ध पब्लिक फाइनलमा

२८ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २८ कात्तिक ।

बुटवलमा जारी जिल्लास्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू होराईजन मावि र बुद्ध पब्लिक स्कुल बिच फाईनल खेल हुने भएको छ ।

स्थानीय खेलाडीहरूलाई प्लेटफर्म दिने उद्देश्यका साथ रुपन्देही जिल्ला भलिबल संघको आयोजनामा शुक्रबार भएको पहिलो सेमीफाईनलमा न्यू होराइजन माविले मणिमुकुन्द माविलाई ३–१ को सेट तथा दोस्रो सेमीफाईनलमा बुद्घ पब्लिकले कान्ति माबिलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् ।

यसैबिच तेस्रो स्थान र फाईनल खेल शनिबार देविनगरस्थित न्यू होराईजन माविको खेलमैदानमा हुने संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्यले बताए । कात्तिक २३ गते देखि शुरु भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १७ वटा विद्यालयहरु सहभागी छन् ।