© २०२३
काठमाडौँ, २८ कार्तिक ।
नेपालको सबैभन्दा भरोसायोग्य र प्रिमियम टायल ब्रान्डमध्ये एक, कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना ‘कजारिया सँगै गृह प्रवेश, घुमौँ देश विदेश !’ को सफल समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा एक फेसबुक लाइभ मार्फत ग¥यो ।
गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकहरूले रोमाञ्चक पुरस्कार जित्ने अवसर पाएका थिए ।
१००० वर्ग फुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा जम्मा ४८ विजेताहरूलाई दयब्त को स्मार्टवाच प्रदान गरिएको थियो ।
तर, यस योजनाको सबैभन्दा आकर्षक पक्ष भने बम्पर पुरस्कार थियो, एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा रहेको थियो ।
लामो प्रतीक्षापछि भएको यो घोषणा फेसबुक लाइभ मार्फत गरिएको थियो, जसले सयौँ सहभागीहरू र दर्शकहरूलाई उत्साहका साथ जोड्यो ।
सो कार्यक्रमको सञ्चालन एक ऊर्जा वान होस्टले गरेकी थिइन् भने, कार्यक्रमलाई कजारिया रमेश टायल्स लि.का निर्देशक तथा मुख्य सञ्चालन अधिकृत श्री र ब्रान्ड एम्बासडर, प्रसिद्ध अभिनेत्री श्री दिव्या रायमाझीले शोभा बढाएका थिए ।
कार्यक्रमका क्रममा कजारिया रमेश टायल्स लि.का निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै भने, ‘कजारिया टायल्सप्रति तपाईँहरूले देखाउनुभएको माया र विश्वासका लागि हामी सबै अत्यन्तै आभारी छौँ ।