© २०२३
चन्द्रौटा(कपिलवस्तु), ६ पुस ।
कपिलवस्तुको विजयनगर गाउँपालिका अपाङ्गता सञ्जालको अध्यक्षमा दुर्गा प्रसाद काफ्ले पुनः चयन भएका छन् । जसको उपाध्यक्षमा डिला कार्की, सचिव राम प्रसाद लोनिया, कोषाध्यक्ष दयाराम कलवार लगायतको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन भएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अपाङ्ग भएका व्यक्तिका लागि गाउँपालिकाले थप कार्यक्रमहरु ल्याउने बताए । अपाङ्ग भएका व्यक्तिलाई प्राथमिकतामा राखी गाउँपालिकाले रोजगारी समेत दिँदै आएको बताउँदै उनीहरुको क्षमतालाई सदुपयोग गर्ने स्थानीय सरकारको दायित्व भएको उनले बताए । गाउँपालिकामा छुटेका अपाङ्ग भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरि आवश्यक सहयोग गर्ने थापाले प्रतिबद्धता समेत जनाए ।
यसैबीच गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विगतका दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिने बताइन् । उनले पदाधिकारीलाई बधाई दिँदै अपाङ्ता भएका व्यक्तिका लागि सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने बताइन् ।