© 2026
कतार, २५ कात्तिक ।
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारले स्वर्गीय बच्छु कुमार राईको परिवारलाई आर्थिक रकम सहयोग गरेको छ ।
मोरङ बेलबारी नगरपालिका वडा-४ मा बसोबास गर्दै आएकी स्वर्गीय राईकी श्रीमती मनीषा योङहाङलाई नेपाली सङ्घले संस्थागत सहयोग स्वरूप पचास हजार रुपैयाँ आर्थिक रकम सहयोग गरेको हो ।एनसिसी कतारका कार्यसमिति सदस्य सुशील कुमार सुब्बाले मोरङ पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए ।
रोजगारीको सिलसिलामा गत जुलाई ७ तारिक हायाँ भिजामा कतार पुगेका राई निमोनिया रोग बाट ग्रसित भई उपचारको क्रममा निधन भएको थियो ।
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारले विशेष पहल गरेर कानुनी प्रक्रिया पूरा गरी राईको शव २९ जुलाईमा नेपाल पठाएको थियो । एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले पीडित परिवारको दुखमा केही राहत पुगोस् भनेर सानो संस्थागत सहयोग गरेको बताए ।
कतारमा बसोबास गर्ने नेपाली समुदायको साझा प्रतिनिधित्व गर्दै आइरहेको गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारले कतारमा रहेका नेपालीहरूको हक हित र कल्याणका लागि विभिन्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।