Butwal Today

दाङमा बिलबिजक नभएको कपडा बरामद 

२३ कार्तिक २०८२, आइतबार
अ+
अ-

दाङ,२३ कात्तिक ।

दाङमा बिलबिजक नभएको दुई लाख बढीको कपडा बरामद गरिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुवहाक सवारी साधनबाट बिलबिजक बिनाको कपडा शुक्रबार बिहान १० बजेतिर लमही नगरपालिका–९ अमिलिया नजिकबाट सवारी जाँचको क्रममा बिलबिजक बिनाको २ लाख १२ हजार ५ सय बराबरको लेडिज कुर्ता सुरुवाल बरामद गरेको दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्  ।

प्रत्येक सेटको अनुमानित मूल्य रु। २५०० का दरले ८५ सेट २ लाख १२ हजार ५ सय बराबरको कपडा प्रहरीले बरामद गरेको हो । बरामद गरिएको कपडा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाएको प्रहरीले जनाएको छ।