© २०२३
काठमान्डौ, २३ कार्तिक ।
सुनको मूल्य आज सामान्य बढेर तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको नयाँ भाउ तोलाको दुई लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रवार सुनको मूल्य तोलाको दुई लाख ३७ हजार चार सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य आज घटेको छ । महासङ्घका अनुसार चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलाको तीन हजार २० रुपैयाँ रहेको थियो।