© २०२३
बुटवल, ६ पुस ।
प्रजनन रुग्णता: पाठेघरको मुखको क्यान्सर, आङ्ग खस्ने, फिस्टुला, स्तन क्यान्सर सम्बन्धी स्क्रिनिङ्ग क्याम्प सम्पन्न भएको छ ।
मायादेवी गाउँपालिका रुपन्देहीको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र मायादेवी –२ पिपरहवामा शिविर सम्पन्न गरिएको हो । शिविरमा ४०१ जना महिलाहरुलाई जाँच, उपचार तथा परामर्श सेवा दिंदा ७२ जनाको भिआईए जाँच पोजेटिभ आएको र २३ जनाको आङ्ग खस्ने समस्याको रिङ्ग प्रेसरीबाट उपचार गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धुर्व नारायण चौधरीले यो सेवा निकै महत्वपूर्ण रहेको भन्दै अव मायादेवीका ८ वटै वडामा शिविर सञ्चालन गर्ने र स्वास्थ्य शाखासँग समन्वय गरी आफै बजेटको व्यवस्था गरिदिने आश्वासन दिए । वडा नम्बर २ का वडाअध्यक्ष अगनु यादव र वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेले शिविर अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै स्वास्थयका यस्ता महत्वपूर्ण कार्यक्रममा आफूहरु सधै सकारात्मक सोंचका साथ लागिपर्ने बताएका थिए । उनीहरुले उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका, सेवा लिने र दिने सबै सरोकारवालाहरुलाई धन्यवाद दिएका थिए ।
त्यस अवसरमा गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण लामिछाने, समाजसेवी कृष्ण उपाध्याय, शिक्षक महासंघका अध्यक्ष शतिषचन्द्र त्रिपाठी, शिक्षा शाखाका मधुसुदन बेलबासे, स्वास्थ्य शाखाका प्रभुनाथ चौधरी, शाखा उपप्रमुख शर्मिला पाण्डे, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरु सुरेश चौधरी, देविदिन चौधरी, धमौली स्वास्थ्यचौकीका प्रमुख नन्दराम पौड्याल, महिला रोग विशेषज्ञ डा. सरस्वती श्रेष्ठ, क्यान्सरका स्क्रिनिङ विज्ञ पदमा श्रेष्ठले पनि यसखालको शिविरबाट स्थानीय लाभानिवत भएको भन्दै खुशी व्यक्त गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी