ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

हुलाकी सडकका दुई खण्ड अलपत्र

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

लमही, २२ कार्तिक ।

लुम्बिनी प्रदेशको दाङ जिल्लामा हुलाकी सडक अन्तर्गतका दुई महत्त्वपूर्ण खण्ड गढवा–कालाकाँटे र कालाकाटे–सिक्टा वर्षौँदेखि अधूरै छन् ।

सडकले सिङ्गो क्षेत्रको आर्थिक, सामाजिक र व्यावसायिक मुहार बदल्ने अपेक्षा गरिए पनि, निर्माणमा ढिलाइ र ठेकेदार कम्पनीको लापरबाहीले स्थानीयवासी निराश भएका छन् ।

हुलाकी सडक आयोजनाले जनाएको छ । गढवा–कालाकाँटे खण्ड (गढवादेखि वनघुस्रीसम्म) को निर्माण कार्य २०७६ साल कात्तिकमा ६५ करोड रुपैयाँमा ठेक्का सम्झौता भई सुरु भएको थियो । तर हालसम्म ४० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार ठेकेदार कम्पनीको लगातार लापरबाहीका कारण काम ठप्प भएको बताए । पटक–पटक म्याद थपिए पनि प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।

‘म्याद सकिएपछि अन्तिम अवसरका रूपमा कम्पनीलाई २ सय दिन समय थपिएको थियो,’ उनले भने, ‘तर अब ८० दिन मात्र बाँकी रहँदा समेत काम सुरु भएको छैन । सम्झौता बमोजिमको १० प्रतिशत (करिब ६ करोड ५० लाख रुपैयाँ) क्षतिपूर्ति नतिरे ठेक्का रद्द गर्ने तयारीमा छौँ,’ उनले भने ।

स्थानीय बासीहरू भने अधूरो सडकका कारण वर्षौँदेखि धुलो, हिलो र धुवाँ–धुलोमा यात्रा गर्न बाध्य छन्। यातायात अवरुद्ध हुँदा आर्थिक गतिविधि र जनजीवन प्रभावित भएको उनीहरूको गुनासो छ ।

‘वर्षा याममा सडक हिलामय बन्छ, हिउँदमा धुलोले बस्नै गाह्रो हुन्छ,’ गढवाका नागरिक समाज संयोजक खगेश्वर शर्माले भने, ‘हुलाकी सडकको नाममा विकासका सपना देखिएका हुन्, तर हाम्रा गाउँहरू अझै उस्तै छन् । पहुँच र राजनीति अनुसार ठेक्का बाँडफाँड भयो, परिणाम केही भएन ।’  ढिलाइका कारण दाङको राजपुर गाउँपालिका–७ का स्थानीयले तातिएको आन्दोलन सुरु गरेका छन् ।

सडक निर्माणमा ढिलाइ र अनदेखीका विरुद्ध राजपुर–७ का वडाध्यक्ष पुस्कर वलीको संयोजकत्वमा ‘तदर्थ सङ्घर्ष समिति’ गठन गरिएको छ ।
“सडक निर्माण समयमै नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् ।

वर्षा याममा समस्या झन् चुलिन्छ, अब हामी चुप बस्दैनौँ,’ वलीले भने । सङ्घर्ष समितिले चाँडै हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जमा ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले भने, “धेरै पटक ठेक्का आह्वान गरिए पनि आर्थिक स्रोत अभावका कारण काम अघि बढ्न सकेको छैन ।” उनका अनुसार सडकको प्रारम्भिक वातावरणीय परीक्षण सकिएको छ, र यदि बहु वर्षीय स्रोत सुनिश्चित भएमा दुई वर्षभित्र काम सम्पन्न गर्न सकिने सम्भावना छ ।

२०७९ सालमा कालाकाटे–गढवा सडक खण्डमा टेण्डर भएको पाँच वर्ष पुग्दा पनि केवल ९ किलोमिटर मात्र कालोपत्रे भएको छ । बाँकी सडक बर्सेनि झैँ अधूरो र बिग्रँदै गएको छ ।
राजपुरको गंगदीदेखि हाडबाससम्मको २० किलोमिटर खण्डमा वातावरणीय परीक्षण सम्पन्न भए पनि, निर्माण कार्य अगाडि बढेको छैन । सडक नहुँदा बजार, विद्यालय, अस्पताल जानै गाह्रो हुन्छ, राजपुरकी कमला वली भन्छिन्, “वर्षा सुरु भयो कि घर बाहिर निस्कन पनि डर लाग्छ ।
हुलाकी राजमार्गलाई नेपालका सुदूर गाउँ र सहरलाई जोड्ने जीवन रेखा भनिएको थियो । तर, दाङका यी दुई खण्डको अवस्था हेर्दा विकासको गाडी प्रशासनिक ढिलाइ र ठेकेदारको उदासीनतामा फसेको स्पष्ट हुन्छ ।

स्थानीय सरोकारवालाहरूका अनुसार हुलाकी सडकले व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा नयाँ आयाम ल्याउन सक्थ्यो, तर कार्यान्वयनमा देखिएको कमजोरीले जनविश्वास कमजोर बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?