© २०२३
काठमाडौं ।
सामसङ नेपालले आफ्नो नवीनतम र अत्याधुनिक ट्याबलेट ग्यालेक्सी ट्याब एस ११ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई÷वन यूआई प्रणालीमा आधारित यो ट्याबलेटले सिर्जनशीलता र उत्पादकता दुबैमा नयाँ स्तर प्रदान गर्ने दाबी गरिएको छ ।
मूल्य र उपलब्धता
ग्यालेक्सी ट्याब एस ११ को मूल्य रु. १ लाख २९ हजार९९९ (१२ जीवी र्याम र २५६ जीवी स्टोरेज) तोकिएको छ, र यो अहिले देशभरका अधिकृत सामसङ खुद्रा स्टोरहरूमा उपलब्ध छ । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत सामसङ इन्स्टा फाइनान्स सेवाबाट शुन्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि प्राप्त गर्न सकिन्छ ।
मुख्य विशेषताहरू
यस ट्याबलेटमा ११ इन्चको हाई–डेफिनिशन डायनामिक डिस्प्ले, नवीनतम ३ एनएम प्रोसेसर, र सुधारिएको एस पेन सहितको आकर्षक डिजाइन समावेश गरिएको छ । यसको हल्का तौल, स्लिम बडी, र एर्गोनोमिक टिल्ट–सेन्सिङ क्षमता प्रयोगकर्तालाई काम, अध्ययन र सिर्जनामा सहज बनाउँछ ।
ग्यालेक्सी एआई र र वाल यूआई ८ का स्मार्ट फिचरहरू
ट्याब एस ११ भित्र जीमीनी लाइभ (रियल–टाइम स्क्रिन शेयरिङ), ड्रोइङ असिष्ट, राइटिङ असिष्ट, र सर्किल टु सर्च जस्ता सुविधाहरू समावेश छन् । यी सुविधाहरूले लेख्ने, कोर्ने, विचार आदान–प्रदान गर्ने र मल्टिटास्किङलाई अझ सहज र स्वाभाविक बनाउँछन् ।
प्रोडक्टिभिटीका लागि थप सुधारहरू
ट्याब एस ११ मा सामसङ डेक्स एक्स्टेन्डेड मोड पनि दिइएको छ, जसले ट्याब र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ । साथै, गुडनोट्स, क्लिप स्टुडिओ पेन्ट, लुमाफ्यूजन, र नोसन जस्ता लोकप्रिय एपहरूसँगको अनुकूलताले यो ट्याबलेटलाई सिर्जनाकर्मी, विद्यार्थी र पेशेवर प्रयोगकर्ताका लागि आदर्श उपकरण बनाएको छ ।
सामसङ नेपालका एमएक्स डिभिजनका निर्देशक प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी ट्याब एस ११ मार्फत हामी नेपालका युवाहरू, सिर्जनाकर्मी र पेशेवरहरूलाई आधुनिक सिर्जनशीलता र उत्पादकताका लागि उत्कृष्ट उपकरण प्रदान गर्दैछौं । यो ट्याबलेट तपाईंलाई जहाँ भए पनि स्मार्ट काम र ठूलो सोचको लागि सशक्त बनाउने गरी डिजाइन गरिएको हो ।”
