ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

बुटवल, २१ कात्तिक ।

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको २६औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख वक्ता तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले जेन्जी आन्दोलनका क्रममा भदौ २३ गते राज्यद्वारा निहत्था बालबालिकामाथि भएको बर्बर हत्या र भदौ २४ गते अराजक तथा आपराधिक समूहद्वारा व्यक्तिगत र सार्वजनिक सम्पत्तिमाथि गरिएको आगजनी, तोडफोड र कुटपिटका घटनाप्रति गहिरो दुःख व्यक्त गरे । उनले ती घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गर्दै फागुन २१ मा हुने भनिएको निर्वाचनका लागि अझै पनि विश्वसनीय वातावरण तयार नभएको बताए । साथै, समयमै निर्वाचन सम्पन्न गरी देशलाई अन्धकारतर्फ जानबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका पर्यवेक्षक तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले शान्ति समाजले विगतमा देश र कालपरिस्थितिको विश्लेषण गर्दै राजनीतिक दल र नेताहरूलाइ समयमै सचेत हुन आग्रह गरेको तर त्यसलाई बेवास्ता गर्दा देशमा अकल्पनीय अवस्था सिर्जना भएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले मुलुक अझै पनि जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय चुनौती समाधानमा शान्ति समाजको भूमिका अत्यावश्यक रहेको बताए ।

शान्ति समाजका केन्द्रीय सचिव डीपी खनालले देशलाई संकटबाट निकाल्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले मानव अधिकार उल्लंघन गर्ने र लोकतन्त्र विरोधी तत्वलाई निषेध गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यले मानव अधिकारको संरक्षणका लागि शान्ति समाजले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै आयोग सधैं सहयोगी रहिरहने बताए ।

बार एशोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले नागरिकहरूले अधिकारका साथै कर्तव्यको पाठ पनि सिक्नुपर्नेमा जोड दिए ।

साधारणसभामा शान्ति समाजका केन्द्रीय सदस्य लालहरि पाण्डे, पूर्व सभापति कृष्ण पराजुली, निवर्तमान सभापति कृष्ण भट्टराई, संस्थापक सभापति महेन्द्र थापा, सुर्खेत सभापति दीपक गौतम, रिपोर्टर्स क्लब लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्री, स्वयंसेवी रक्तदाता रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, जिल्ला सदस्य सीता पौडेल लगायतले शान्ति समाजको सक्रियता अझै सान्दर्भिक र आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला सभापति अर्जुन ज्ञवालीले देशको वर्तमान संकट समाधानका लागि नागरिक आकांक्षा, स्वतन्त्रता र सर्वोच्चतालाई इमानदारीपूर्वक आत्मसात गर्दै सबै पक्षले योगदान गर्नुपर्नेमा जोड दिए । उनले हिंसात्मक गतिविधि रोक्न, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सामाजिक सद्भाव र सहिष्णुता प्रवद्र्धनमा सबै एकताबद्ध हुनुपर्ने बताए ।

साधारणसभामा उपसभापति कृष्ण पाण्डे, सचिव लिलाधर लुइटेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा सभापति ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मोहनिलाल न्यौपानेले प्रस्तुत गरेको लेखा प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

कार्यक्रममा शान्ति समाजका सदस्यहरू, सञ्चारकर्मी, व्यवसायिक संस्था, नागरिक अगुवा तथा अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?