ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

टी-२० विश्वकप र नेपालको राष्ट्रिय खेलकुद एकै समयमा

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

काठमान्डौ, २१ कार्तिक ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि आयोजक शहर तोकेको छ ।

भारतमा हुने खेलहरू अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बईमा आयोजना हुनेछन् । यस्तै, श्रीलंकाको कोलम्बो र क्यान्डीका रंगशालाहरूमा पनि विश्वकपका खेलहरू खेलिने आइसिसीले जनाएको छ ।

टी–२० विश्वकप फेब्रुअरी ७ (माघ २४)  मा सुरु भई मार्च ८ (फागुन २४)  मा अहमदाबादमा हुने फाइनल खेलसँगै सम्पन्न हुनेछ । तर, पाकिस्तान फाइनलमा पुगेमा उक्त खेल श्रीलंकामा हुने सहमति भएको छ ।

त्यही अवधिमा नेपालमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हुने तय छ । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो । नेपालले यसपटक तेस्रो पटक टी–२० विश्वकपमा सहभागी हुने भएकाले विश्वकपप्रति नेपाली दर्शकको चासो बढ्ने निश्चित देखिन्छ । तर, सोही समयमा राष्ट्रिय खेलकुद आयोजना हुने भएकाले खेलकुदको सबैभन्दा ठूलो राष्ट्रिय प्रतिस्पर्धा छायाँमा पर्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । राष्ट्रिय खेलकुदमा क्रिकेट समेत समावेश भएकाले राष्ट्रिय टोलीका खेलाडीहरूले निर्धारित समयमा खेल्न नपाउने सम्भावना छ ।

कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद गत वर्ष तय भए पनि पटक–पटक स्थगित हुँदै आएको छ ।

आइसिसीले विश्वकपको खेल तालिका आगामी हप्तामा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतियोगिता सुरु हुन करिब तीन महिना बाँकी रहँदा सहभागी राष्ट्रहरूले समूह विभाजन र खेल तालिकाको प्रतीक्षा गरिरहेका छन् । आइसिसीले अहिलेसम्म टिकट बिक्रीसम्बन्धी जानकारी भने सार्वजनिक गरेको छैन ।

भारत र पाकिस्तानबीचको समझदारी अनुसार पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ । दुबै देशबीच भएको सहमतिअनुसार बहुराष्ट्रिय प्रतियोगिताहरू तटस्थ स्थानमा खेलाइने व्यवस्था गरिएको छ । त्यसैले पाकिस्तान फाइनलमा पुगेमा फाइनल श्रीलंकामै हुनेछ ।

सन् २०२६ को टी–२० विश्वकपको ढाँचा अघिल्लो संस्करणजस्तै रहनेछ । २० टोलीलाई पाँच–पाँचको चार समूहमा विभाजन गरिनेछ । प्रत्येक टोलीले समूहका अन्य चार टोलीसँग एक–एक खेल खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–एट चरणमा पुग्नेछन् ।

सुपर–एटमा रहेका टोलीहरू फेरि चार–चारको दुई समूहमा विभाजन हुनेछन् । त्यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने र त्यसका विजेताहरूले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक भारत र श्रीलंका बाहेक २०२४ को टी–२० विश्वकपका शीर्ष सात टोली — अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले पनि स्वचालित रूपमा स्थान पाएका छन् ।

टी–२० वरीयताका आधारमा न्यूजिल्यान्ड, पाकिस्तान र आयरल्याण्ड पनि छनोट भएका छन् । क्यानाडाले अमेरिकी क्वालिफायरमार्फत स्थान बनाएको हो भने इटाली र नेदरल्याण्ड्सले युरोप क्षेत्रीय प्रतियोगिताबाट पहिलो पटक टी–२० विश्वकपको टिकट पक्का गरेका छन् । नामिबिया र जिम्बाब्वे अफ्रिका क्वालिफायरका शीर्ष दुई बनेका थिए । नेपाल, ओमान र युएईले एशिया–ईएपी क्वालिफायरमार्फत सहभागिता सुनिश्चित गरेका छन् ।

भारत टी–२० विश्वकपको हालको डिफेन्डिङ च्याम्पियन हो । भारतले सन् २०२४ को फाइनलमा बार्बाडोसमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?