ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

धारापानीलाई धार्मिकसँगै कलाको ‘हब’ बनाउन सुझाव 

१९ कार्तिक २०८२, बुधबार
१९ कार्तिक २०८२, बुधबार

दाङ, १९ कात्तिक  ।

दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर धाम धारापानीलाई धार्मिकसँगै कलाको ‘हब’ बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विशेष चासो देखाएको छ।

प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र काफ्ले थुम्केली, परिषद् सदस्य प्रदीप अधिकारी र दिनेश्वर महतोको टोलीले आज धारापानी व्यवस्थापन समितिसँग भेटघाट गरी यहाँको विकासका सम्भावना र कलात्मक योगदानका विषयमा छलफल गरेको हो ।


अवलोकनपछि सदस्य सचिव थुम्केलीले धारापानीको प्राकृतिक र सांस्कृतिक संरचना मूर्तिकला निर्माणका लागि अत्यन्त उपयुक्त रहेको बताए । “धारापानी ढुंगामूर्तिका लागि अनुपम स्थान रहेछ ।

यहाँ मूर्ति बगैँचा बनाउन सकिन्छ र ललितकला प्रतिष्ठान यसका लागि सहकार्य गर्न तयार छ”, थुम्केलीले भने । उनले दाङको माटो बलियो र सृजनात्मक सम्भावनाले भरिएको उल्लेख गर्दै भने, “यहाँको माटोबाट त्रिशुल, लकेट, ब्रासलेटजस्ता कलात्मक चिनोहरू उत्पादन गर्न सकिन्छ । यसले स्थानीय उद्यमशीलता र पर्यटन दुवैलाई जोड्न मद्दत पुर्याउँछ ।”

धारापानी व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले प्रतिष्ठानको पहललाई स्वागत गर्दै सहकार्य गर्न तयार रहेको बताए । पाण्डवेश्वर धामकाे विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययाेजना बनाएर अगाडि बढिरहेको भन्दै अध्यक्ष अधिकारीले यसका सम्भावनाको खोजी गरिररहेकाे बताए ।

“नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देखाएको चासोले हामीलाई उत्साहित बनाएको छ । कलात्मक मूर्तिहरू र स्थानीय हस्तकलाका माध्यमबाट धारापानीलाई अझ आकर्षक धार्मिक गन्तव्य बनाउन सकिन्छ ।

यसतर्फ हामी योजना बनाएर प्रतिष्ठानसँग सहकार्यको प्रस्ताव पठाउँछौँ”, अध्यक्ष अधिकारीले भने । मन्दिर व्यवस्थापन  समितिका सचिव विष्णुराम आचार्यले धारापानीलाई धार्मिक आस्था र संस्कृतिको प्रतीकका रूपमा विकास गर्न चाहेको बताए ।

 

यहाँ सम्भावना प्रचुर रहेको भन्दै उनले  भने, “यहाँको ढुङ्गा र माटो आफैमा इतिहास बोकेको छ।  कलाले त्यसलाई नयाँ रूप दिन सक्यो भने धारापानी नेपालको सांस्कृतिक परिचय बन्न सक्छ। प्रतिष्ठानले देखाएको चासोले धारापानीलाई जीवन्त बनाउन थप मद्दत गर्नेछ भन्ने विश्वास जगाएको छ ।”

प्रतिष्ठानले भविष्यमा स्थानीय कलाकार, मूर्तिकार र समितिसँग मिलेर धारापानी क्षेत्रको कलात्मक संरक्षण र मूर्तिकला प्रवर्द्धनका कार्यक्रम अघि बढाउन सहयोग गर्ने सदस्य सचिव थुम्केलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?