ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मन्दिरको विकास र विद्यालयमा अक्षयकोषका लागि ज्ञान विज्ञान महायज्ञ

१९ कार्तिक २०८२, बुधबार
१९ कार्तिक २०८२, बुधबार

सल्यान, १९ कार्तिक ।

सल्यानको शारदा नगरपालिका, १२ रेशमज्युलामा श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गरिएको छ ।

श्रीकृष्ण मन्दिर प्राङ्गणमा सोमबार यज्ञमण्डप स्थापना गरेर शान्ती कलश यात्रासहित उद्घाटन भएको महायज्ञमा मङ्गलवारदेखि सङ्गीतमय कथा वाचनसहित नियमित धार्मिक कार्य सुरु भएका छन् ।

श्रीमद भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शृङ्गारिक महाआरती धनधन्याञ्चल पितृ मोक्ष तथा शालिग्राम पूजा आर्चना २०८२ आगामी कार्तिक २४ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिका संयोजक सुरेन्द्र बुढाले जानकारी दिए ।

श्रीकृष्ण मन्दिर, भोटेकालिका मन्दिर, बिश्वकर्मा मन्दिरको भौतिक संरचना विकास एवं शिव माध्यमिक विद्यालय, महेन्द्रदय विद्यालय र दुर्गा आधारभूत विद्यालयमा अक्षयकोष स्थापनाको उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।

साथै धार्मिक, सांस्कृतिक र सामाजिक एकता र संस्कार जगेर्नाका लागि रेशमज्युलामा पहिलो पटक महायज्ञ आयोजना गरिएको महायज्ञ व्यवस्थापक तिलकराम शर्माले बताए । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सोमबार महायज्ञको औपचारिक उद्घाटन गरेका थिए ।

प्रमुख कथा वाचक प्रसिद्ध युवा पण्डित इश्वर रेग्मीले भागवतका कथाहरूबाट ज्ञान र विज्ञानको संयोजनबारे प्रवचन दिइरहेका छन् । साथै राष्ट्रिय स्तरका धार्मिक कलाकार पोषण श्रेष्ठ लगायतले भजन, कृतन र झाँकी प्रस्तुत गरिरहेका छन् ।

महायज्ञमा बिहान ६ देखि ८ बजेसम्म नित्य पूजा पाठपारायण, ८ बजेदेखि ११:३० बजेसम्म श्रीमद भागवत सप्ताह पाठपारायण तथा शालिग्राम पूजा, मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म सङ्गीतमय कथा प्रवचन, भजनकृतन, झाँकी प्रस्तुति,  साँझ ७ बजे शृङ्गारिक महाआरती र ७:३० देखि राती १० बजेसम्म रात्रिकालीन कथा प्रवचन, भजनकृतन, झाँकी प्रस्तुतिका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?