© २०२३
बुटवल, ५ पुुस ।
डेमोक्रसी रिसोर्स सेन्टरले मंगलबार बुटवलमा गत निर्वाचनमा गरेको पर्यवेक्षण प्रतिवेदन माथि सरोकारवालहरुसँग छलफल गरेको छ ।
सेन्टरले निर्वाचन पहिले, मतदानको दिनर निर्वाचन पछि गरेर तीन चरणमा पर्यवेक्षण गरेरको संस्थाका विभु लुईटेलले बताईन् । उनले निर्वाचनमा छोटो अवधि कात्तिक २९ देखि ९ गते सम्म र लामो अवधीको असोज महिना राजनैतिक वातावरणसँग निर्वाचनको तयारीका विषयमा पर्यवेक्षण गरेको बताईन् ।
कार्यक्रममा शेखर पराजुलीले यसपाली आम सञ्चार सामाजिक सञ्जालको धेरै प्रयोग गरेर चुनाव प्रचारप्रसार गरेको बताए । उनले यसपाली चुनाव प्रचारका लागि कपडाको प्रयोग शुन्य जस्तै देखिएको भन्दै देशका एकसय स्थानमा अपाङ्ग मैत्री मतदान स्थल भएको बताए ।
कार्यक्रममा बोल्दै सेन्टरका भवसागर घिमिरेले मतदाता शिक्षालाई अरु समयमा पनि नियमित रुपमा अध्यनन गराउनु पर्ने अवस्था देखिएको बताए । उनले यसपालीको चुनावमा ५ प्रतिशत मत बदर भएको भन्दै त्यसलाई रोक्न मतदाता शिक्षा नै प्रभावकारी माध्यम रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका विमलराज भट्टराई नेकपा एमालेका कृष्ण पोखरेल, पत्रकार रिमा विसी, बुटवल उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत, पार्वती न्यौपाने लगायतले बोलेका थिए ।