Butwal Today

सुनको भाउ घट्यो, आज कति ?

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १८ कार्तिक ।

मंगलबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो मूल्य २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

असोज मसान्तपछि सुनको भाउ क्रमिक रूपमा ओरालो लागेको छ । असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको छ, अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । असोज ३१ गते चाँदीको मूल्य ३ हजार ३ सय ५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।