© २०२३
बाँके, १५ कार्तिक ।
नेपालगन्ज खजुरा रोडमा पर्ने जीर्ण पेडारी नालाको निर्माणको काम तीव्र पारिएको छ । पुल निर्माण गर्नका लागि नेपालगन्जमा रहेको नारायण निर्माण सेवालाई दिएको छ । २०८२ जेठ ७ गते ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो ।
हुलाकी राजमार्ग निर्देशनालय बबरमल काठमाडौँबाट जारी भैसकेको कुल जम्मा रकम भ्याट र पिएस् सहित ८ करोड ९६ लाखको बजेटमा ठेक्का सम्झौता गरेर काम बढाएको हुलाकी राजमार्ग निर्देशनालयको कार्यालय नेपालगन्जका प्रमुख लिला बहादुर भण्डारीले बताए ।
पेडारी नालाको पुल निर्माण गर्ने काम सुरु भएको निर्माण कम्पनीले ३ महिना भित्र काम सम्पन्न गर्ने गरी अगाडी बढाएको छ । पुललाई निर्माण गर्ने सम्झौता भएको एक वर्ष भित्र सम्पन्न हुने गरी सम्झौता भएको कार्यालय प्रमुख भण्डारीले बताए ।
उनले भने, यो पुलको बजेट विनियोजित गर्न धेरै कसरत गर्नु परेको थियो । सरकार सँग आवश्यक बजेट नहुँदा धेरै वर्षपछि बजेट सुनिश्चित भयो र ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले काम सुरु गरिसकेको छ । यस कार्यालयको लागि यो एउटा सफलता नै रहेको बताए ।
यता बर्षौंदेखि जीर्ण रहेको उक्त पुलको ठेक्का भएको सुनेपछि नेपालगन्ज खजुरा रोड दैनिक यात्रा गरि रहेको बर्दियाको गुलरिया बब्लु खानले बताए । उनले भने–‘बर्खा याममा खजुरा रोड भएर नेपालगन्ज ओहोर दोहोर गर्न निकै गाह्रो भएको हुन्छ ।
धेरै बर्सात भएपछि बाढी आउने र बाटो बन्द हुने समस्याले यो रोडमा यात्रा गर्ने मानिसहरूलाई धेरै पटक घर पनि फर्किनु पर्ने बाध्य रहेको बताए । तर अब निर्माण कम्पनीले समयमै पुल निर्माण गरे यो वर्षदेखि यात्रा गर्न सहज हुने महाशुस गरे ।
पुल बनेको धेरै वर्ष भएको थियो यस पुलमा यात्रा गर्दा कहिले भासिन्छ कि भन्ने डरैडरले यात्रा गर्न बाध्य रहेको खजुरा गाउँपालिका वडा नम्बर ७ जगदिस भुसालले बताए । हामी दैनिक जसो यो बाटो ओहोरदोहोर गरिरहेका हुन्छौ ठुलो गाडी आएको बेला पुल सँगै गाडी पनि भासिन्छ कि दर धेरै हुन्छ ।
तर अब पुल निर्माणको काम भइसकेको छ निर्माण कम्पनीले सम्झौता भए अनुसार निर्माण गरिदिए अझै खुसी थपिने बताए । पेडारी नालाको कारणले दैनिक सयौँ मानिसहरू ज्यान जोखिममा राखेर यात्रा गरिरहेको खजुरा गाउँपालिकामा रहेको खजुरा बजारमा व्यवसाय गर्दै आएका व्यापारी शिव बरालले बताए ।
बर्खाको समयमा नेपालगन्ज जानै गाह्रो हुन्छ । यो पुल खजुरा बजारमा व्यवसाय गर्नु भन्दा पहिलादेखि नै जीर्ण रहेको छ । सरकारले के कारणले हो पुन निर्माण गर्न सकेको थिएन तर यो वर्ष पुल निर्माणको बजेट पनि विनियोजित भयो र ठेक्का लागेर निर्माण सुरु भयो अब एक वर्ष भित्र जोखिम यात्रा अन्त्य हुने व्यवसायी बरालले बताए ।
यो पुलको विषयलाई लिएर धेरै पार्टीका मानिसहरूले राजनीति पनि गरेका थिए । केही नभए पनि पुलकै विषयलाई लिएर चुनावी एजेन्डा पनि बनाउँथे र यसको निर्माण गर्ने घोषणा पनि गर्ने गरेका थिए, उनले भने ।
उक्ता पुल बक्स ब्रिजको डिजाइनमा निर्माण हुने छ भने पुल ३३ मिटर लम्बाई र २२ मिटर चौडाइमा रहने छ । जुन पुरानो जीर्ण पुरानो रहेको पुला भन्दा दुई गुणा ठुलो रहनेछ । पुरानो पुलको चौडाइ कम भएको कारणले उक्ता ठाउँमा बढी आउने गरेको थियो तर नयाँ पुल निर्माण भएपछि जीर्ण पुल र बढी आउने समस्या दुवैको अन्त्य हुने भएको देखिन्छ ।
पुल निर्माणको बजेट नपर्दा उक्ता ठाउँमा करिब २ सय मिटर बाटो पनि निर्माण हुन सकेको छैन । पुल निर्माण भएपछि नेपालगन्ज गुलरिया सडक खण्डमा करिब ३५ किलोमिटरको बाटो निकै सहज हुन्छ ।