बुटवल, १५ कार्तिक ।
अनुशासन सफलताको सूत्र हो । जुन म जेसिजबाट सिकेँ । बुटवल जेसिज २०२५ का अध्यक्ष जेसी मोहन न्यौपानेको अनुभव हो यो । १० अघि बुटवल जेसिजमा जोडिएका न्यौपानेले यहाँबाट अनुशासन, समय व्यवस्थापन,जिम्मेवारी र पारिवारिक सम्बन्धलाई जोड्न सिकेको बताउँछन् ।
सबैले आ–आफ्नो काम गरिरहेका हुन्छौ तर जेसिजमा जोडिएपछि त्यही काम कसरी समुदायसम्म जोडेर गर्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । म निर्वाचित भएको १० महिना भयो । मैले यहाँ सुरुमा बनाएका योजना अनुसार धेरैजसो कामहरू सम्पन्न भएका छन् । त्यो बाहेक समयको माग अनुसार पनि हामीले थप काम गरेका छौँ ।
योजनाका ३० काम बाहेक समयको मागलाई ध्यानमा राखेर पछिल्लो काम हामीले प्रहरीलाई मनोपरार्श कार्यक्रम सकेका छौँ । देशको विषम परिस्थतीमा नेपाल प्रहरीको मनोबल माथि भएको प्रहार कम होस्, प्रहरीसँगै यूथ पनि सँगसँगै छ भन्ने भावना बिस्तार गर्नका लागि हामीले ‘साहसको उडान कार्यशाला’ आयोजना गरेका हौँ ।
त्यो बाहेक हामीसँगै व्यावसायिक, व्यक्तिगत, सामुदायिक र अन्तराष्ट्रिय क्षेत्र हाम्रो प्राथमिकतामा रहेर काम गरिरहेका छौ । उनले नियमित कार्यक्रम अनुसार जेसीज सप्ताह २०२५ मा सप्ताहव्यापी कार्यक्रमहरू सम्पन्न भएको बताए ।
बुटवल जेसीज र जेसीआई गोरखपुर मिड टाउन बिच भगिनी सम्बन्ध नवीकरण रक्तदान कार्यक्रम, जेसीज उद्यानमा वृक्षारोपण,नेतृत्व सोच विकास तालिम बुटवल जेसीजले मातृत्व प्रदान गरेका शाखाहरू र छिमेकी शाखाहरूका बिच हाम्रो मातृत्व, हाम्रो सन्तति वर्तमान र भविष्य विषय अन्तर्क्रिया तथा फेलोशपि सहित साताव्यापी कार्यक्रम आयोजना भएको उनले जानकारी दिए ।
समुदायमा आधारित रहेर जेसिज बुटवलले लुम्बिनी प्रादेशिक अस्पतालको पछाडि यात्रु प्रतीक्षालय बुटवल उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरेको छ । अब दुई महिनाको अवधिमा बाँकी छ यो बिचमा जनप्रतिनिधिहरूलाई एकै स्थानमा राखेर छलफल गर्ने योजना छ ।
यहाँ आर्थिक, समुदाय, व्यवसाय सबै कुरा समेट्न सक्नेले नै जेसिजको नेतृत्व लिन सक्षम बन्छ न्यौपानेले भने । जेसिजबाट नेतृत्व विकास, व्यक्तित्व विकास, अनुशासन, पारिवारिक, व्यवसायीक र संघसंगठन बिचको सम्बन्धलाई बलियो बनाउन सहयोग हुन्छ ।
जेसिजले लिडर उत्पादन गर्ने थला भएकाले यहाँ आउनेहरू जसले पनि नेतृत्वलाई सफलता पूर्वक सम्पन्न गर्न सक्ने क्षमता हुने न्यौपानेको भनाइ छ । चुनौतीलाई पनि सहज रूपमा लिएर नै काम गर्न’ पर्ने अवस्था छ । कार्यकाल छोटो भए पनि काम समुदायसँग हुने भएकाले पनि यो संस्था धेरैको रोजाइमा पर्ने गर्दछ ।