Butwal Today

जुवा खेली रहेको अवस्थामा पाँच जना पक्राउ

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

दाङ,२४ कात्तिक ।

दाङमा जुवा खेलिरहेका अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

घोराही उप(महानगरपालिका वडा नं. १८ कात्तिके डाँडा स्थित  कालिका सामुदायिक वनको प्रतीक्षालयमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा प्रहरीले जुवाको  खालबाट ५ गड्डी खोलेको र ७ गड्डी नखोलेको तास, जुवाको खालमा रहेको विभिन्न दरको नगद ५५ हजार २ सय रुपैयाँ पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा घोराही -१० खैराका ३२ वर्षका बिरबहादुर बुढामगर, घोराही -२ हापुरका ३७ वर्षका दलबहादुर बुढा ,  रोल्पा  त्रिवेणी गाउँपालिका २ नुवागाउँका   ४०  वर्षकी तुलसी खड्का, सोही ठाउँ निवासी ४२ वर्षकी कल्पना घर्ती मगर र सोही ठाउँ निवासी   ४० वर्षका भम बहादुर बाठालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं  प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिएका छन् ।