© २०२३
कालिकोट ।
स्थानीय युवाहरुले सदरमुकाम मान्म बजारमा खानेपानी र सडकको माग राख्दै हस्ताक्षर सुरु गरेका छन् ।
खाँडा चक्र नगरपालिका १ मान्म बजारमा लामो समय देखि खानेपानी अभाव भएको भन्दै युवाहरूले हस्ताक्षर अभियान सुरु गरेका हुन् । खाँडा चक्र नगरपालिकाको भवन निर्माण गर्ने क्रममा जिरोपन्इबाट मुख्य बजार जाने सडक भत्किएपछि अवरुद्ध भएको सडक एक वर्ष सम्म खुल्न सकेको छैन ।
सडक नभएपछि बजार क्षेत्रमा रहेका व्यापारीहरूले महँगो ढुवानी भाडा तिरेर दैनिक उपभोग्य वस्तुहरू ढुवानी गर्नु परेको छ । जिल्ला सदरमुकाममै खानेपानी र सडक दुवै नभएपछि स्थानीय युवा दमनराज शाहीको नेतृत्वमा हस्ताक्षर सङ्कलन गरेर सम्बन्धित निकायलाई दवाव सृजना गर्ने काम सुरु गरिएको छ ।
खानेपानी व्यवस्थापन र सडक निर्माणमा स्थानीय सरकारले कुनै चासो नदिएको नागरिकहरूको गुनासो छ ।