© २०२३
काठमान्डौ, १४ कार्तिक ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध उत्पन्न भएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई फोहोर घर बाहिर ननिकाल्न अनुरोध गरेको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै घरबाट निस्कने फोहोर सुरक्षित रूपमा आफ्नै कम्पाउण्डभित्र राख्न आग्रह गरेको हो ।
महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ््नो घरबाट निस्कासन हुने फोहोर मैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’
महानगरले फोहोर बिसर्जन अवरुद्ध हुने समस्या समाधान नभएसम्म फोहोर संकलन स्थगित गरिएको जनाउँदै नागरिकहरूलाई असहज नबनाइदिन सहयोग गर्न आग्रह गरेको छ ।
