Butwal Today

रोल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु, ३ घाइते

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

रोल्पा, १३ कात्तिक  । 

रोल्पामा गए राती भएको जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

सुनिलस्मृती गाउँपालिका ४ धुलेओडारमा भएको जिप दुर्घटनामा परि गाडी चालक ३२ वर्षीय थम्मन रोकामगरको मृत्यु भएको प्रहरीले बताएको छ ।

सुलिचौर–किलाचौर भित्री सडकखण्डमा किलाचौरबाट सुलिचौरतर्फ आउँदै गरेको लु २ च ८०१५ नम्बरको बलेरो पिकअप जिप गए राति करिब ९ः५० बजे  दुर्घटनामा परेको थियो । जिप सडकबाट करिब ३०० मिटर तल खसी दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रोकामगरलाई प्राथमिक उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएको थियो ।

घाइते रोकामगरको उपचारकै क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका डाक्टरले मृत घोषणा गरेका थिए । मृतक गाडी चालक सुनछहरी गाउँपालिका–६ का स्थायी बासिन्दा रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । यसरी घाइते हुनेहरूमा लुंग्री गाउँपालिका ७ हार्जङका ४० वर्षीय खिमबहादुर पुन,  लुंग्री गाउँपालिका ४ सालडाँडाका २७ बर्सिया भावना गिरी  र उनको ५ बर्सिया छोरी शान्ति गिरी रहेको प्रहरीको भनाई छ ।

घाइते सबैको अवस्था मध्यम रहेको र थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे स्थानीय तिलक भण्डारीले इलाका प्रहरी कार्यालय सुलिचौरमा जानकारी गराएपछि प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमान्डमा गएको टोलीले उद्धार गरेको थियो । दुर्घटना स्थल इलाका प्रहरी कार्यालय सुलिचौरबाट करिब ४ किलोमिटर पूर्व–उत्तरतर्फ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?