ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

जलेको घरको निरीक्षणपछि उद्योगपति चौधरी भावुक 

१२ कार्तिक २०८२, बुधबार
१२ कार्तिक २०८२, बुधबार

भैरहवा, १२ कात्तिक ।

उद्योगपति तथा सांसद विनोद चौधरी छठ पर्वको शुभकामना आदान प्रदानको लागि प्रत्येक वर्ष पश्चिम नवलपरासीको बर्दघाटमा रहेको आफ्नो कार्यालय पुग्ने गरेका छन् । यस वर्ष उनको लागि आफ्नो कार्यालय आगमन भने त्यति सुखद रहेन ।

गाडीबाट झर्ने बित्तिकै चौधरी कार्यालय नपुगी सोझै जलेको संरचना हेर्न थाले । उनको कार्यालयका भित्ताहरूमा थारु कला संस्कृति कोरिएको छ । तर भदौ २४ गते भएको आन्दोलनको क्रममा गरिएको आगजनीका कारण ती भित्ताहरू कालो भएका छन् । चौधरीका शयन कक्ष लगायत सबै कोठा भित्रबाट जलेका छन् ।

चौधरीले सोमबार बर्दघाट नगरपालिका वडा नम्बर ७ स्थित आफ्नो जलेको घरको निरीक्षण गर्दै भावुक देखिए । निरीक्षणका क्रममा चौधरीले सञ्चारकर्मीहरू सँग संक्षिप्त कुराकानी गर्दै आन्दोलनको क्रममा देशमा “ठुलो दुर्घटना” भएको टिप्पणी गरे ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व सांसद चौधरीले यस घटनालाई आफ्नो व्यक्तिगत मात्र नभई सम्पूर्ण क्षेत्रका जनतासँग जोडिएको सामाजिक विषयको रूपमा लिएको बताए ।

चौधरीले आफ्नो घर जलेको घटनालाई केवल व्यक्तिगत क्षतिमा सीमित नराखी यस क्षेत्रका सम्पूर्ण क्षेत्रवासीसँगको सम्बन्धको धरातलमा उभिएर हेरेको बताए । उनले भने, “यो मेरो लागि एउटा नितान्त सामाजिक, मेरो आफ्नो यो क्षेत्रसँग यहाँका सबै दाजुभाइ दिदीबहिनीसँगको सम्बन्धको धरातलमा उभिएर गरिएको छोटो अवसर हो, म यहाँ छठमा सधैँ आउने गर्थेँ, आज पनि आएँ ।”

चौधरीले उक्त दुर्घटनामा ज्यान गुमाएका जेन्जी प्रति श्रद्धाञ्जली व्यक्त गरे । चौधरीको भनाइले आगलागी वा क्षतिको घटना प्राकृतिक कारण वा सामान्य दुर्घटना मात्र नभएर यसमा बाह्य वा अन्य “तत्त्वहरू” को संलग्नता रहेको हुनसक्ने गम्भीर सङ्केत गरेको छ ।

घटनाको कारण वा पछाडिको परिस्थितिबारे बोल्दै उनले महत्त्वपूर्ण सङ्केत गरेका छन् । उनले भने, “यसै क्रममा विभिन्न अरू पनि यस्ता तत्त्वहरू यसमा प्रवेश गरे, त्यो खुला छ र त्यसैको परिणति तपाईँले यहाँ मेरो यो क्षेत्रको घरमा देख्दै हुनुहुन्छ ।”

सांसद चौधरीले आफ्नो घरमा भएको क्षतिलाई “विकासप्रतिको निराशा” बाट उत्पन्न भावनात्मक र नकारात्मक धरातलमा उभिएर गरिएको कार्यको परिणति भएको टिप्पणी गरे । चौधरीले नेपालको विकास, रोजगारी र स्वाभिमानी जीवनका लागि युवा (जेन्जी) ले राखेको अपेक्षाले नै आफूलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको बताए ।

“मलाई त्यही जिम्मेवारी बोधले नै अगाडि ल्याएको हो । मलाई राजनीति भनेको न नामको लागि चाहिएको हो, न दामको लागि चाहिएको हो,“ उनले स्पष्ट पारे ।

उनले घटनालाई विचार गर्दै सबैलाई जेन्जीको भावनालाई कदर गर्न र त्यसलाई बिथोल्न खोज्नेहरूलाई पाखा लगाउँदै जानुपर्ने आवश्यकता औँल्याए । चौधरीले आफ्नो जलेको घरको अगाडि उभिएर नै नेपालमा सकारात्मक परिवर्तन आयो भने आफू सबैभन्दा सन्तुष्ट व्यक्ति हुने कुरामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?