ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

४ उद्योगमाथि विद्युत् महसुल विवाद: दुईले तिर्न थाले, दुईमाथि कारबाही प्रक्रिया

१२ कार्तिक २०८२, बुधबार
१२ कार्तिक २०८२, बुधबार

नवलपरासी, १२ कार्तिक । 

विभिन्न जिल्लाका डेडिकेटेड विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काटिने र उद्योगको साँचो बुझाउने कार्य भई रहँदा नवलपरासीका चार वटा उद्योगका डेडिकेटेड विद्युत् महसुल नतिर्ने उद्योगले फरक शैली अपनाएका छन् ।

उक्त महसुल नतिरेका जिल्लाका ४ वटा उद्योग मध्ये दुई वटा उद्योगले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन् । बाँकी दुई मध्ये एउटा उद्योगको आंशिक जग्गा रोक्का र अर्को उद्योग विचाराधीन अवस्थामा रहेको परासी विद्युत् वितरण केन्द्रले जनाएको हो ।

चार उद्योग मध्ये सर्वोत्तम सिमेन्ट उद्योग प्रालि र लक्ष्मी स्टिल प्रालिले किस्ता बन्दीमा महसुल तिर्न थालेका छन् ।

वितरण केन्द्रका अनुसार करोडौँ रुपियाँ महसुल नतिर्ने बुटवल सिमेन्ट प्रालिको उद्योग परिसरको जग्गा विद्युत् प्राधिकरण परासी वितरण केन्द्रले विगत वर्ष देखी नै रोक्का गराएको छ, भने सिद्धिलक्ष्मी स्टिल प्रालिको महसुल तिराउने कार्य विचाराधीन अवस्थामा रहेको छ ।

उद्योग नै बन्द गरेर उद्योग परिसरका सामग्री अन्यत्र सार्न थालेपछि भएको बुटवल सिमेन्ट मिल्सका सम्पत्ति रोक्का गर्ने उद्देश्यले जग्गाको हक हस्तानान्तरण नगरिदिन भनी मालपोतलाई पत्राचार गरेको थियो ।

हालसम्म सर्वोत्तम सिमेन्ट प्रालिको बक्यौता ८ करोड ३९ लाख १३ हजार १ सय ९१ रुपियाँ रहेको छ । त्यसैगरि लक्ष्मी स्टिल प्रालिको १९ करोड ९३ लाख ९७ हजार ९ सय २० रुपियाँ बक्यौता छ । यी दुबै उद्योगले क्रमशः विद्युत् महसुल तिर्न थालेको हुँदा लाइन नकाटिएको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी गराए ।

विद्युत् नतिर्ने बुटवल सिमेन्टको बक्यौता रकम १७ करोड १६ लाख २३ हजार ९ सय १८ रहेको छ र उतm उद्योगको लाइन पहिला नै काटिसकिएको छ । सिद्धिलक्ष्मी स्टिल उद्योग प्रालिको रकम पहिला ३ करोड ७ लाख ९८ हजार ४ सय ५५ रुपियाँ रहेको थियो ।

तर उक्त उद्योगको बक्यौता रकम लोडसेडिङ मुक्त घोषणा भई सके पछिको भएको हुँदा त्यसबारे सरकारले तिर्न नपर्ने गरि निर्णयहरू गरिएको हुँदा त्यसको अवस्था अहिले विचाराधीन छ ।

बुटवल सिमेन्ट उद्योगका सञ्चालक महावीर गोयलको नाउँमा रहेको चार कित्ता जग्गाको करिब ८ बिघा जग्गा रोक्काका लागि जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरिएको विद्युत् वितरण केन्द्रले जानकारी गराएको छ ।

विद्युतले तिर्ने महसुल भन्दा कम मूल्य पर्ने नै उद्योगको जग्गा छ, तर त्यही भए पनि सो जग्गा यदि उद्योगले बिक्री गर्दा जग्गा रोक्का गर्ने निकायलाई मालपोत कार्यालयले सम्पर्क गराउँछ । जसले गर्दा उद्योगबाट असुल उपर गर्न सकिन विद्युत् वितरण केन्द्रको भनाइ थियो ।

उक्त रकम तिर्नका लागि उद्योगलाई नियमित रूपमा पत्राचार हुँदै आएको छ, बुटवल सिमेन्ट प्रालिको जग्गाका लागि आवश्यक कानुनी रूपमा पनि अदालती वा आवश्यक कारबाही गर्न गराउनका लागि प्राधिकरणको कानुन महाशाखालाई समेत पत्राचार गरिएको छ ।

वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई विद्युत् आपूर्ति व्यवस्था चुष्तदुरुष्त बनाउँदै वैकल्पिक विद्युत् आपूर्तिको ब्यवस्थानमा लागि परेको छ । विभिन्न प्रसारण लाईन अन्तरगतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत् आपूर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेको हो ।

परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत् सञ्जाल बन्दै जाँदा उद्योग खुल्ने क्रम पनि बढ्दै गएको छ । परासी विद्युत् वितरण केन्द्रले ग्राहकलाई सधैँ भरिपूर्ण भोल्टेज क्षमताको विद्युत् आपूर्ति गर्न सकियोस् भनेर विभिन्न पाँच वटा विद्युत् सब स्टेसनबाट विद्युत् आपूर्तिको व्यवस्थाका लागि प्रसारण लाइन सञ्जाल विस्तार भई रहेको छ ।

यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ । ग्राहकलाई विद्युत् आपूर्तिमा समस्या नहोस् भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ । एउटा विद्युत् स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत् आपूर्तिमा समस्या आउने छैन ।

किन की यस क्षेत्रमा विद्युत् आपूर्ति गर्नका लागि विभिन्न पाँच वटा सब स्टेसनसँग सञ्जाल जोडिँदै छ । तीन वटा स्टेसनसँग विद्युत् सञ्जाल जोडी सकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधीन छ ।

अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखी १२ मेगावाट विद्युत् वितरण भई रहेका छन् । उद्योगमा पनि दैनिक ६० देखि ७० मेगावाट विद्युत् सप्लाई भइरहेको छ । यसरी परासी विद्युत् केन्द्रले दैनिक ८० देखी ९० मेगावाट विद्युत् वितरण गरी रहेको छ ।

बुटवल ३३ केभिए प्रसारण लाइन, न्यु बुटवल ३३ केभिए प्रसारण लाइनसँग पनि विद्युत् जोडिँदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत् सञ्जाल जोडिएको छ । नेपालको पूर्वि क्षेत्रबाट पनि केही महिना मै जिल्ला जोडिने छ ।

नेपालकै विद्युत् आपूर्तिमा स्वर्णिम जिल्लाको रूपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रति दिन बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?