ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

निर्मला र अंशुको नियति कहिलेसम्म ? 

११ कार्तिक २०८२, मंगलवार
११ कार्तिक २०८२, मंगलवार

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधी ६ वर्ष बितिसक्दा पनि अझै पक्राउ परेका छैनन् ।

यो घटना अव विस्मृत हुन थालेको छ तर विडम्बना निर्मला पन्तको हत्याको घटनालाई बिर्साउने अर्को दुःखद र ह्दयविदारक घटना मोरङको लेटाङमा भएको छ । ‘पिङ खेल्न जान्छु’ भन्दै गत असोज २१ गते घरबाट निस्किएकी १३ वर्षीया अंशु गौतमको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।

शव फेला परेसँगै प्रहरीले थालेको अनुसन्धानबाट बलात्कारपछि उनको हत्या भएको र प्रमाण नष्ट गर्न शवलाई टुक्रा टुक्रा पारेको हुनसक्ने आशङ्कालाई बल मिलेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो ।

लेटाङकी अंशुको भने लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा १८ दिनपछि शव क्षतविक्षत र टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला प¥यो ।

परिवारका अनुसार अंशुको मुस्कानसहितको अन्तिम जवाफ ‘पिङ खेल्न जान्छु’ भन्ने नै उनको जीवनको अन्तिम संवाद बन्न पुग्यो । उनको शव कुहिएर छरिएको अवस्थामा फेला परेको छ । शवको पहिचान गर्नसमेत मुस्किल हुनु भनेको निर्मला पन्तको हत्याको घटना समेत बिर्साउने आततायी यो घटना भएको छ ।

घटना भएको दुई साता पूरा हुँदा पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन् तर घटनाको प्रकृति हेर्दा आशङ्का गर्ने आधारहरू प्रशस्त छन् । कहीँ अंशुको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् ।

नेपालीहरू नरभक्षी बन्दै गरेको पछिल्ला केही उदाहरणले देखाउन थालेका छन् । नेपालीहरूमा मानवीयता हराउँदै गएको छ । अपराध मनोवृत्ति बढ्दै गएको पछिल्लो अंशु गौतमको हत्या घटनाले पुष्टि गरेको छ ।

प्रहरीले घटनास्थलको प्रकृति, कपडाहरू शरीरबाट अलग भेटिनु र शवको तल्लो भाग नग्न अवस्थामा हुनुले बलात्कारपछि हत्या भएको जनाएको छ । शव अत्यधिक कुहिएर र अङ्गहरू छरिएर रहेकोले अनुसन्धान जटिल बनेको प्रहरीको भनाई छ ।

प्रहरीले यो भन्दैमा यो बीभत्स हत्याको घटनालाई ढाकछोप गर्न मिल्दैन । तसर्थ तत्काल अनुसन्धान अघि बढाएर यो कुकर्म अपराधमा संलग्नमाथि छानबिन गरोस् र कानुनको कठघरामा उभ्याउन ढिलाइ नगरोस् । यो घटनामा संलग्न अपराधी सजायबाट बच्न प्रमाण लुकाउन र अनुसन्धानलाई नै दिग्भ्रमित पार्न शव क्षतविक्षत बनाएको हुन सक्छ ।

अतः यो गम्भीर प्रकृतिको अपराधको घटनाको अनुसन्धान छिटो गरोस् । एउटी निर्दोष बालिकामाथि भएको यो स्तरको क्रूरताले समाज त्रसित र मर्माहत बनेको छ । निर्मला पन्तको हत्यालाई पनि चुनौती दिने अंशु गौतमको हत्या प्रकरणले समाजलाई विक्षिप्त बनाएको छ ।

उता निर्मला पन्तको परिवारले आफ्नी छोरीको हत्यारा पत्ता लगाउन अहिलेसम्म पनि विभिन्न दबाबमूलक आन्दोलन गरिरहेका छन् । यसअघि गृह मन्त्रालय सम्हालेका रामबहादुर थापा, रवि लामिछाने, रमेश लेखक लगायतका मन्त्रीहरूले निर्मला पन्तको हत्याको छानबिन गरी अपराधीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए तर उनीहरूको प्रतिबद्धता हावासरी उडेको छ ।

विगतमा निर्मला पन्तको बलात्कार र हत्यापछि राज्यको जिम्मेवार निकायले गम्भीर ढंगले दोषी पत्ता लगाउन र कारबाहीमा ढिलाइ तथा वेवास्ता गर्दा यो घटना अहिलेसम्म रहस्यमय वनेको हो भन्दा अत्युक्ति हुँदैन । अबपनि निर्मला पन्तको हत्याको नियति र अनुसन्धानको दुष्चक्र १३ बर्षीया अंशु गौतम र उनको परिवारले भोग्नु नपरोस् ।

अव उनको विभत्स हत्याको छानविनमा कुनै कसर बाँकी नहोस् । निर्मला पन्त र अंशु गौतमको हत्याको श्रृंखला र घटनाका कारकको खोजी हुनु जरुरी छ । आजपनि निर्मला पन्तका पिता न्यायको खोजीमा प्रहरी प्रशासनको ढोका ढकढकाउँदै छन् ।

उनलाई ‘दिमागी’ सन्तुलन गुमाएका व्यक्तिको रूपमा चित्रित पनि गरियो । वास्तवमा यो अत्यन्त क्रुर र दुःखद टिप्पणी थियो । अव अंशु गौतमको नृशंस हत्याको घटनामा संलग्न दोषी जो कोही होस, अनुसन्धानको कठघरामा ल्याउनैपर्दछ । निर्मला पन्त र अंशु गौतमको नियति अव अरू कुनै बालिकाहरू कसैले पनि भोग्नु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?