ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

सातामूल बराहले बढायो कपुरकोटमा पर्यटक

११ कार्तिक २०८२, मंगलवार
११ कार्तिक २०८२, मंगलवार

सल्यान, ११ कार्तिक ।

दैवीय शक्ति रहेको धार्मिक विश्वास र ऐतिहासिक पर्यटकीय क्षेत्रको रूपमा परिचित सल्यानको सातामुल बराहमा पछिल्लो समय दर्शनार्थी एवं पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

पूर्वाधार विकास सँगै संरक्षण कार्य र प्रचारप्रसारको प्रयासपश्चात् जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङस्थित पहाडको काखमा स्वच्छ वातावरण एवं प्राकृतिक सौन्दर्यताले सजिएको सातामुल क्षेत्रमा मानिसहरूको आवतजावत बाक्लो हुँदै गएको हो ।

सात वटा पानीको मूल रहेको यस क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । सातामुल वराह क्षेत्रलाई विकास गर्ने उद्देश्य अनुरूप विगतदेखि नै स्थानीयहरू लागेका थिए ।

पछिल्लो समय यसको संरक्षण, विकासका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले पनि चासो देखाएका छन् । सातामुल क्षेत्रको संरक्षण, विकासका लागि विभिन्न व्यक्ति, समूहले आफ्नो जन्मदिन वा यस्तै सुखद अवसरमा दान सहयोग निरन्तर गरिरहेको सातामुल क्षेत्र संरक्षण समितिका संयोजक तथा कपुरकोट, ६ का वडा अध्यक्ष श्यामकृष्ण बोहराले जानकारी दिए ।

उनका अनुसार भर्खरै सकिएको तिहारमा स्थानीयले देउसी भैलो खेलेर सङ्कलन भएको रकम समेत सातामुल क्षेत्र संरक्षण कोषमा जम्मा गरेका छन् । दान रकम सहयोग बापत दुई लाख बढी रकम जम्मा भैसकेको बताइएको छ ।

सातामूल क्षेत्रको विकासका लागि पछिल्लो पटक मात्रै करिब साढे एक करोड लगानी भइसकेको छ । गाउँपालिकाबाट पहिले पाँच लाख, त्यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाको पहलमा ३० लाख र सङ्घीय सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको थियो ।

यहाँ शिव मन्दिर, वराहाथान मन्दिर, विवाह तथा पूजा मण्डप, मुख्य पूजा स्थान, स्नान गर्ने ठाउँ र स्नान कुण्ड, शिवको मूर्ति, देवीको मूर्ति, साँढेको मूर्ति, कृष्ण मूर्ति, शिव लिङ्ग, वराहको मूर्ति लगायतका धार्मिक संरचनाहरू निर्माण भएका छन् ।

यस्तै सातामूल क्षेत्रको घेरबार तथा पर्खाल, दुई ठाउँमा गेट, खेलमैदान, शौचालय, बालबालिका खेल्ने संरचना, बस्ने बेन्चहरू पनि निर्माण गरिएको छ । अब चर्खे पिंग निर्माण र अन्य पूर्वाधार विकास एवं संरक्षणको कार्य अगाडि बढाइने समितिले जनाएको छ ।

सातामूल वराह क्षेत्रलाई स्थानीयहरूले आफ्नो धार्मिक विश्वासको रूपमा लिन्छन् । धेरै जना मानिसहरू यहाँ सन्तान प्राप्तिका लागि आउने गरेको र यहाँ दर्शन, पूजा अर्चना गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास रहेको वडा अध्यक्ष बोहराको भनाइ छ ।

विगतमा बुढापाकाहरूले विभिन्न ठाउँमा विनाशकारी महामारी तथा प्रकोप आउँदा सातामूलमा पूजाआजा गर्दा सङ्कट टर्ने गरेको छ ।
वडा कार्यालयका अनुसार पछिल्लो समय यहाँ दर्शनार्थीहरू आउने क्रम बढ्दै गएको छ ।

जिल्लाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला रोल्पा, दाङ, प्युठानबाट समेत मानिसहरू आउने गरेको भएता पनि अझै सातामूलको प्रचारप्रसारको खाँचो रहेको वडाध्यक्ष बोहराको भनाइ छ ।

राप्ती राजमार्गको त्रिवेणी गाउँपालिका स्थित टुनी बोटबाट सातामूलसम्म पुग्नका आठ किलोमिटर मात्रै रहेको छ भने कपुरकोटको सोलाबाङबाट १३ किलोमिटर रहेको छ । सडकको अवस्था कच्ची भएता पनि गाडी सहजै रूपमा पुग्न सक्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?