नवलपरासी,पश्चिम्
बिघटित प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चौधरी ग्रुपमा मालिक बिनोद चौधरी जेनजी आन्दोलन पछि मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा आईपुगेका छन ।
चौधरीले जेनजी आन्दोलनका क्रममा बर्दघाट १४ स्थित बेलहानीमा रहेको जलेको आफ्नो सचिवालय प्रत्यक्ष रुपमा मंगलबार पहिलो पटक हेर्दै घटनामा आफ्नो कसै प्रती गुनासो नरहेको बताए ।
चौधरीले सबैले सोच्नु पर्ने,बुझ्नु पर्ने र जेनजीको भावनालाई कदर गर्नु पर्ने उल्लेख गरे ।
“जेनजीको भावनालाई कदर गर्नु पर्छ,त्यसलाई बिथोल्न खोज्नेलाई साईडलाईन गर्दै जानू पर्छ र नेपालमा नयाँ परिवर्तन आयो भने सायद म भन्दा सन्तुष्ट कोहि हुने छैन”चौधरीले भने ।
चौधरीले दैनिक २ हजार ५ सय नेपालीहरू बाहिरी मुलुक जानू दुखद भएको उल्लेख गर्दै मुलुकमै रोजगारीको बातावरण तयार गर्नु पर्ने बताए ।