© २०२३
दुई महिना अघि निर्माण सम्पन्न भैसक्नुपर्ने पुल समयमै पूरा नहुँदा पश्चिम नवलपरासीका हुलाकी सडकको बाटो प्रयोग गर्ने हजारौं यात्रुलाई सास्ती भएको सुन्दा नेपालको विकासको नियति र अहिलेको वास्तविक अवस्था र यथार्थता प्रष्ट हुन्छ । अधिकांश निर्माण कम्पनीले पूर्वाधार निर्माणका क्षेत्रमा बर्षौंदेखि हेलचेक्राई गर्दै आएको यो त्यसैको एउटा पछिल्लो उदाहरण मात्र हो । निर्माणको काम अलपत्र पार्ने, बीचमै छोड्ने गरेको र त्यसका कारण जनताले सास्ती पाएको घटना धेरैछन् । जनताले समयमै निर्माण सम्पन्न गर्न दवाव दिएपनि जनताको आवाज सुनुवाई हुँदैन । बरु निर्माण कम्पनीलाई पहिलेभन्दा मूल्य बढाएर थप रकम उपलब्ध गराउने गरिएको छ । प्रसंग– पश्चिम नवलपरासीमा निर्माण भैरहेको हुलाकी सडकको हो । यो पुल समयमै पूरा गर्न जनताले निर्माण कम्पनीलाई दवाव दिए तर जनताको आवाजको कुनै सुनुवाई भएन । पुल निर्माण गर्ने ठेकेदार समेत अहिले साईट छोडेर हिंडेको स्थानीयको गुनासो छ । पुल शिलान्यास हुँदा समयभित्रै पुल बन्छ भनेर मन्त्री र साँसदले भाषण गरेको त्यस क्षेत्रका जनताले अझै विर्सिएका छैनन् । तर, समयमै पुल निर्माणको कुरा त परै जाओस अहिले पुल निर्माण कार्य नै रोकिएको छ । यो वास्तवमै निर्माण कम्पनीको गंभीर लापरवाही हो । पुल नहँुदा त्यस क्षेत्रको कुईया, बडगो, घिनहा, पण्डितपुर लगायतका आधा दर्जन बस्तीका जनतालाई समस्या परेको छ । अर्कोतर्फ उक्त बाटो भएर यात्रा गर्ने विरामी र गर्भवती महिलालाई उपचारका लागि लैजान समस्या भैरहेको छ । यो लापरवाहीप्रति सम्वन्धित निकाय मौन रहनु रहस्यमय छ ।
उक्त पुलको ठेक्का लगाएको सडक पूर्वाधार विकास कार्यालय मणिग्राम रुपन्देहीले पुल निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई दवाव दिनुपर्ने हो । पुलको निर्माण कार्यको जिम्मेवारी एमएस सगुन ओम इन्फ्राटेक जेभी कालिकानगर बुटवल रुपन्देहीले लिएको थियो तर निर्माण कम्पनीले काम सम्पन्न गर्नेतर्फ ध्यान दिनुभन्दा पनि काम नै बन्द गरेको सुन्दा आश्चर्यको विषय छ । निर्माण कम्पनीलाई दवाव दिन नसक्नुका पछि ठूलो चलखेलको आशंका गर्ने गरिन्छ । अर्कोतर्फ निर्माण कम्पनीको ठूलो सञ्जालका कारण सरकारी पक्षले उसलाई दवाव दिनै नसक्ने अवस्था समेत विद्यमान यथार्थ हो । निश्चितरुपमा नेपालको निर्माण क्षेत्रले यस्तै नियति भोगिरहेको छ । निर्माणको काममा लापरवाही गरेर निर्माण पक्षले गंभीर खेलवाड गरिरहेको छ । तर, कामलाई निरन्तरता दिन दवाव दिनेतर्फ सम्वन्धित निकाय मौन रहनु आश्चर्यको विषय हो । निर्माण कम्पनीले समयपनि प्रशस्तै पाएको थियो नै । २०७७ साल बैशाख ३१ गते सम्झौता भई निर्माणको काम सुरु भएकै हो तर दुई बर्ष बढी समयमा पनि निर्माणको काम पूरा गर्नु कता हो कता काम नै छाड्नु लापरवाहीको पराकाष्ठा हो । अर्कोतर्फ स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा वनिरहेको पुल समयमै निर्माण सम्पन्न नहुँदा दातृ निकायले सहयोग गर्ने अरु परियोजनामा ठूलो धक्का लाग्न सक्छ । निर्माण कम्पनीको लापरवाहीकै कारण विदेशी दाताहरुले अरु सहयोगमा विराम लगाउन सक्छन । पुल निर्माण ढिलाईले स्थानीयबासीमा निरासा छाएको छ । त्यतिमात्र होइन त्यस क्षेत्र भएर यात्रा गर्ने जनतालाई ठूलो असुविधा पुगेको छ । सरकारी निकाय मूकदर्शक बनेको छ । सरकारी पक्षले निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई ताकेता गरेर पुल निर्माणको काम अभियानका साथ अघि बढाओस् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी