Butwal Today

नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित ३ बालिकाको मृत्यु

७ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

कैलालीमा नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन बालिकाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो जानकी गाउँपालिका–१ स्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकहरूमा लम्कीचुहा नगरपालिका–३ की १२ वर्षीया डम्मरा उपाध्याय, जानकी गाउँपालिका–१ की १० वर्षीया मानसी बजगाई र उनीकी जुम्ल्याहा दिदी निशा बजगाई रहेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

डुबेको अवस्थामा फेला परेकी तीनै बालिकालाई स्थानीयले उद्धार गरी उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । अस्पतालमा पुर्‍याएपछि उपचारकै क्रममा तिनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनै जनाको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?