Butwal Today

तिहार हिजै सकियो, आज पनि तिहारकै नाममा सार्वजनिक बिदा

७ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सरकारले आज (शुक्रबार) पनि तिहार पर्वको सार्वजनिक बिदा दिएको छ ।

यम पञ्चक अर्थात् तिहार बिहीबार नै सकिए पनि सरकारले आज (शुक्रबार) तिहारकै नाममा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्र अनुसार कात्तिक ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा हुने उल्लेख गरिएको छ ।

तिथि घटबढ हुँदा यस वर्ष तिहार बिदा लम्बिएको हो । यसअघि लक्ष्मीपूजा र भाइटीकाका बीचको दिन (कात्तिक ४ गते) पनि एक दिन बिदा थपिएको थियो । कुनै विशेष पर्व नपरेको मंगलबार पनि तिहारकै सार्वजनिक बिदा परेको थियो ।

गएको सोमबारदेखि बन्द रहेका सरकारी कार्यालयहरू अब आगामी आइतबारदेखि मात्र खुल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?