© २०२३
गुल्मी, ४ कात्तिक ।
गुल्मीको मुसिकोट नगरपालिकामा गए राति एक गोठमा आगलागी भएको छ । दीपावलीको अवसरमा मैनबत्ती बाल्ने क्रममा अचानक आगो लाग्दा मुसिकोट नगरपालिका -९ ददल्कामा स्थानीय शान्ति परियारको एकतले कच्ची गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
आगलागी भएको जानकारी पाहुना साथ राति नै प्रहरी चौकी वामिटक्सारबाट प्रहरी सहायक निरीक्षक प्रदीप कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीय बासिन्दाको सहयोगमा आगो राति नै पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा बहादुर सारूले बताएका छन् ।