ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

दाङमा २२ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो

३ पुष २०७९, आईतवार
३ पुष २०७९, आईतवार

दाङ, ३ पुस ।

स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान, उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान भन्ने नाराका साथ २२ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस दाङमा मनाईएको छ ।

घोराही उपमहानगरपालिका अन्तर्गत रहेको सुरक्षित आप्रवासन सामी परियोजनाले आइतबार एक कार्यक्रम गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा समस्यामा परेका व्यक्तिका छोराछोरीहरुलाई शैक्षिक सामग्री तथा न्यायो कपडा वितरण गरेर मनाएको हो ।

कार्यवाहक नगरप्रमुख राममणि पाण्डेले विभिन्न विद्यालयमा अध्यनरत १४ जना बालबालिकालाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो । सो अवसरमा, कार्यवाहक नगरप्रमुख पाण्डेले बेरोजगारीका कारण श्रम बेच्न बाध्य भएका युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यले पहल गर्नुपर्नेमा जोड दिएका हुन ।

देशमा बसेर रोजगारी गर्ने वातावरण बनाउन स्थानीय सरकार लागि परेको हुँदा सबै निकायले यसमा सहकार्य गर्नुपर्ने उनले बताए ।

घोराहीका सामी फोकल पर्सन बासुदेव आचार्यले आप्रवासी श्रमिक र उनीहरुको परिवारलाई सुसूचित बनाउने काममा सामी कार्यक्रम महत्वपूर्ण रहेको बताए । सामीले पछिल्लो समय वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सीप, सचेतनासँगै विदेशबाट कमाएर पठाएको पैसाको सही उपयोगमा अभिमुखीकरण गर्दै आएको हुँदा कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।

आप्रवासी हकहित संरक्षण मन्च जिल्ला अध्यक्ष हेमराज बुढाथोकीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सही सुचना प्रदान गर्ने र सचेत बनाउन जरुरी रहेको बताए । यसका लागि हरेक वडामा कम्तिमा एक जना स्वयंसेवक परिचालन गर्न आवश्यक रहेको आवश्यकता औंल्याए । कार्यक्रमको सहजीकरण सामी कार्यक्रम संयोजक बसन्ता पुनले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?