ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

चाडपर्वमा गुल्मीमा बजार अनुगमन

३ कार्तिक २०८२, सोमबार
३ कार्तिक २०८२, सोमबार

गुल्मी, ०३ कार्तिक ।

जिल्लामा पछिल्लो समयमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । जसका कारण उपभोक्ता एवं व्यवसायीहरूमा सचेतना बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु एवं स्थानीय पालिकाहरूद्वारा मुख्य चाडपर्वको अवसर पारेर गरिएको बजार अनुगमनको क्रममा दुवै पक्ष सचेत रहेको पाइएको हो ।

गाउँ गाउँमा सडक सञ्जालसँगै सवारी साधनहरू पुगेपछि व्यवसायीहरूले आवश्यकताको आधारमा मात्र तुरुन्तै सामानहरू मगाएर बिक्री गर्ने र उपभोक्ताहरूले पनि सामानहरू लैजाँदा म्याद छ कि छैन भनेर हेरेर खरिद गर्ने बानीको विकास भएको छ ।

सोही कारण व्यवसायी वा व्यापारीहरूले पसलमा सामान राख्दा पनि म्याद हेरेर मात्र राख्न थालेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए ।

पालिका र कार्यालयहरूले भर्खरै जिल्लाको मुसिकोट, काली गण्डकी र चन्द्रकोट गाउँपालिका भित्र विभिन्न वडाहरूका एक सय ७२ वटा पसलहरूमा संयुक्त बजार अनुगमन गरेको छ । अनुगमनमा चन्द्रकोट गाउँपालिकामा ७२, मुसिकोट नगरपालिकामा ४८ र काली गण्डकी गाउँपालिकाका ५२ वटा पसलमा अनुगमन गरिएको हो ।

उक्त अनुगमनमा चन्द्रकोटमा १३ हजार, काली गण्डकीमा आठ हजार र मुसिकोटमा पाँच हजार गरी कुल २६ हजार बरावरका म्याद सकिएका अखाद्य वस्तुहरू बरामद गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख राजीव अर्यालले जानकारी दिए । बरामद गरिएका सामग्रीहरू विगत वर्षको तुलनामा कमै मात्रमा रहेको उनले बताएका छन् ।

कतिपय पसलहरूमा व्यवसायी आफैले म्याद सकिएका बस्तुहरू निकालेर अलग्गै ठाउँमा राख्ने र पछि फिर्ता गर्ने गरेको अनुगमनको क्रममा भेटिएको छ । अनुगमनको क्रममा टोलीले खाद्य सामग्री, फलफूल, किराना, मासु पसल, हार्डवेयर, मोबाइल पसल तथा औषधि पसलहरूमा मूल्य सूची, म्याद सकिएका सामान, बिलिङ प्रणाली, राजस्व र दर्ता प्रमाणपत्र जस्ता विषयमा निरीक्षण गरिएको थियो ।

कार्यालय र पालिकाहरूले व्यवसायीहरूलाई तर्साउने नभई पहिलो पटक उनीहरूलाई सचेत गराउने अभियानमा लागेको बताइएको छ । चाडपर्व लगायत अन्य समयमा पनि उपभोक्ता ठगिन नपाउन र बजार मूल्यमा एकरूपता कायम होस भन्ने उद्देश्यले बजार अनुगमनलाई नियमित गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

अनुगमनको क्रममा केही पसलमा मूल्य सूची टाँस नगरेको, खाद्य तथा मासुजन्य वस्तु र मदिरा एउटै पसलमा राखेर बिक्री गर्ने गरेको, वर्षौँदेखि पसलहरू नवीकरण तथा दर्ता नगरेको भेटिएको पाइएको थियो ।

चाडपर्वका बेला उपभोक्ता ठगिन नपाउन र बजार मूल्यमा एकरूपता कायम होस भन्ने उद्देश्यले जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । पछिल्लो समयमा स्थानीय पालीका र कार्यालयहरूले बजार अनुगमनलाई थप तीव्रता दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?