Butwal Today

कीर्तिमानी विन्दुबाट ओर्लियो सुनको मूल्य, आज कति ?

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २ कार्तिक ।

नेपाली बजारमा आइतबार सुनको मूल्यमा  गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४ हजार ८०० रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ५३ हजार २०० रुपैयाँमा झरेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुग्दै तोलामा २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार २७५ रुपैयाँमा झरेको छ ।