Butwal Today

सिमसार व्यवस्थापनमा जुट्दै स्थानीय सरकार 

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

नवलपरासी, ०२ कार्तिक ।

जिल्लाको चुरे पहाडको फेदसँग जोडिएका पालिकाहरूले जल भण्डारणको सम्भाव्यता रहेका क्षेत्रमा पानी जम्मा गरी सिमसार बनाउने कार्यलाई प्राथमिकता दिइएका छन् ।

हाल जिल्लाको बर्दघाट र सरावल गाउँपालिकाले चुरे पहाडको फेदमा खाल्टाखुल्टी जमिनमा जल भरण गरी सिमसार बनाउने कार्यलाई निरन्तरता दिँदै आएका हुन् ।

जल भरण कार्यले सिमसार क्षेत्र बन्ने हुँदा पर्यटन र सिँचाइको आधार बनाउन सकिने हुँदा सिमसार व्यवस्थापनमा लागिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए ।

‘पहिला देखीकै खाल्टा परेका जङ्गल भित्रको भूमिलाई जल भरण हुने सक्ने गरी व्यवस्थित गरिँदा आफै सिमसारको स्वरूप पाउने गरेको छ,’ उनले भने–‘यसले जमिनलाई जलपरिपुरण (वाटररिचार्ज) मा योगदान समेत पु¥याउने छ ।

पर्यटकीय क्षेत्रको रूपमा विकास हुनुका साथै बन क्षेत्रसँग जोडिएको हुँदा वन्यजन्तुलाई पिउने पानी, वन डढेलोको बेला जल उपयोग गर्न सक्ने अवस्थाको समेत सृजना भएको उनको भनाइ थियो ।

चुरे फेदमा रहेका यस्ता दर्जनौँ स्थानहरू रहेका छन्, उनले थपे, तराई मधेसमा सिँचाइको आधार समेत हुने हुँदा यस्ता स्थानलाई सिमसारको स्वरूप प्रदान गरिने गरिएको छ ।

स्थानीय तहले मात्रै नभई यस्ता कार्यलाई लुम्बिनी प्रदेश सरकारले समेत प्राथमिकतामा राखेर चुरे फेदका खाल्टाहरूलाई जल भरण गरी सिमसार व्यवस्थापनमा काम गर्नुपर्ने आवश्यकता उनले औँल्याएका थिए ।

उनका अनुसार सरावलको–१ तुलसीपुर स्थित सिमसार व्यवस्थापन गर्दा बहु उपयोगी हुने देखिएको छ । लुम्बिनी प्रदेश सरकारले चुरे पहाडका फेदमा रहेका खाल्टोहरू व्यवस्थापनका लागि छुट्टै गुरुयोजना बनाई काम गर्न सक्यो भन्ने नवलपरासी मात्रै नभई लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाड्ड, बाँके र बर्दिया जिल्लामा पर्याप्त सम्भावना देखिन्छ ।

प्रदेश सरकारले स्थानीय पालिकासँग पनि सहकार्य गर्न सक्छ, उनले थपे, सङ्घीय सरकारका तराई मधेस चुरे संरक्षण कार्यक्रमले पनि यसलाई प्राथमिकतामा राखेर काम गर्न सक्यो भन्ने चुरेको माटो चुरेलाई चुरेको पानी सबैलाई नारा साकार हुन सक्छ ।

सरावलको तुलसीपुर सिमसार सँगै बाउन्न घोल भनेर चिनिने बर्दघाटको संसार कोट सिमसार क्षेत्र बन्दै गएको छ । सिरानमा चुरे पर्वत शृङ्खला, हरियालीले परिपूर्ण, मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटक समेतलाई संसार कोट सिमसार क्षेत्र पर्यापयटकीय स्थल पर्यटकको मल लोभ्याउन थालेको हो ।

चुरे पर्वतको फेदमा यस्ता स साना खोला खोल्सीलाई व्यवस्थित गरियो भन्ने पर्या पर्यटनको आकर्षण क्षेत्र बन्दा रहेछ । तराईको सिरान र चुरे पर्वतको फेदमा रहेको यो सुन्दरता पहाड र तराई जोड्ने अवसर प्रदान गर्छ । सिमसार बनाई संरक्षणले चुरे पर्वत क्षेत्रलाई मात्रै संरषण गर्दैन ।

यो सिमसारले चुरे तराईको जमिनलाई जलपुनरभरण (रिचार्ज) गरिनुका साथै तराईमा दीर्घकालीन जलश्रोतको अनुपम वरदान बन्ने छ । विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको बर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सन्सार कोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रूपमा विकास गर्ने कार्य गरी राखेको छ ।

लुम्बिनी प्रदेश सरकारले समेत सहयोग गर्दै आएको स्थानीयको भनाइ थियो । यसका लागि प्राकृतिक सौन्र्यतालाई नबिग्रिने गरी अति आवश्यक बाहेक अधिकांश पूर्वाधार जैविक हुने छ ।

नगर क्षेत्रको संसार कोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको छ । सुरु सुरुमा सोही क्षेत्रमा गिद्ध रेष्टुरेण्ट सञ्चालन गर्दै आएका स्थानीय यादव खनालले बाउन्न घोल सिमसार बनाउनु पर्ने अवधारणा ल्याएका थिए ।

गिद्ध रेस्टुरेन्टमा आउने गिद्ध सहित वन्यजन्तुका लागि बाह्र महिना पानीको स्रोतका लागि उनी सिमसार क्षेत्र बनाउनु पर्ने कुरा उठाउँदै आएका थिए । जलाशयमा बन्ने पुल,कलभर्ट समेत काठ र बाँसको प्रयोग गर्ने गरिएको छ ।

यसले जैविक विविधतालाई पनि मद्दत पुर्‍याउँछ । जङ्गल भित्र जलाशय, जलाशयलाई सिमसार र सिमसार भित्र जैविक पूर्वाधार थपेर पर्यटन पूर्वाधार बनाएर पर्यटन औद्योगिक क्षेत्र बनाएर आर्थिक विकासको योजना अनुसार काम भइरहेको छ ।

जलाशयले प्राकृतिक सौन्दर्ययता मात्रै नभई वन भित्रको वन्यजन्तुको बास स्थान बनाउनका लागि पनि जलको सुनिश्चित चाहिन्छ । जैविक विविधताको आधारका लागि पनि जमिनसँग जल र जङ्गल हुन आवश्यक हुन्छ, यहीँ प्राकृतिको उपहार हो ।

तराई मधेस र पहाड तीन वटै भूगोल जोडिएको बर्दघाट नगरपालिकाले क्षेत्रगत रूपमा साधन स्रोत र सामर्थ्यको अवस्था विश्लेषण गरी योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गर्दै आएको छ । सो क्षेत्रमा पूर्वाधारको पहुँच पुर्‍याउन काम गरेको छ ।

चुरेदेखी तराई मधेस जोड्ने बर्दघाट नगरपालिका पूर्व गण्डकी प्रदेशसँग सीमा जोडिएको प्रदेश हो । नेपालकै मध्य भागमा रहेको बर्दघाट नगरपालिकामा पुर्वधार विकास, सामाजिक, सांस्कृतिक विकाससँगै उद्योग, कृषि, पर्यटनलाई उत्तिकै महत्वका साथ काम गरिहरेको छ ।

विगतका जनप्रतिनिधिले पनि संसारकोटलाई महत्वका साथ नै काम गरेका थिए । अहिले हालका जनप्रतिनिधिले पनि त्यसलाई निरन्तरता दिँदै काम गर्न अग्रसर देखिएका छन् ।

यसले गर्दा केही वर्षमा नगरपालिकाको सिरान सँसारकोटमा आवागमन सहज हुने विश्वास लिएका छ । पालिकाको चाहना र सोच अनुसार अन्य क्षेत्रबाट पनि सहयोग जुट्दै गएमा सँसारकोट वास्तवमा एक नयाँ अनुभूति गर्ने स्थलको रूपमा विकास हुने छ ।