ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

फूलसँग भबिन्द्रको अर्थ सपना

१ कार्तिक २०८२, शनिबार
१ कार्तिक २०८२, शनिबार

गुल्मी, ०२ कार्तिक ।

वर्षौँसम्म उपयोग विहीन भएर त्यत्तिकै खेर गइरहेको बाँझो जमिन यति बेला सयपत्री फूलको थुँगाले रङ्गीचङ्गी बनेको छ । प्लास्टिकको टनेल भित्र ढकमक्क फुलेका र फुल्दै गरेका सयपत्रीले तिहार भित्रिसकेको झल्को दिइरहेको छ ।

तिनै सयपत्री फूल पुलाउने कृषक हुन जिल्लाको धुर्कोट गाउँपालिका –३, हाडहाडे निवासी युवा कृषक भविन्द्र घर्तिमगर । घर्तीले जिल्लाको रेसुङ्गा नगरपालिका –३ मा रहेको गुठीको एक सय रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि कर्म गर्दै आइरहेका छन् ।

उनले विगत दुई वर्षदेखि जिल्लामा व्यावसायिक रूपमा फूल खेती गर्न सुरु गरेका हुन । फुलबाट मनग्ये आम्दानी हुने देखेपछि उनी फूल खेतीमा आकर्षित बनेका हुन । घर्तीको टनेलमा यति बेला दुई हजार भन्दा धेरै सयपत्री फूलका बोटहरू छन् ।

झबिन्द्रले उत्पादन गरेको फूल अहिले बजारमा फुटकर प्रतिकिलो ५०० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
गत वर्ष गरेको फूल खेतीबाट राम्रो आम्दानी गरेपछि उनले यस पटक पनि त्यसलाई निरन्तरता दिएको बताए ।

“आठ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्थे, फूल खेतीमा त्यति अनुभव थिएन त्यसैले गत वर्ष केही फूल टनेल बाहिर पनि लगाए, यस पटक सबै टनेल भित्र रोपेको छु, निकै राम्रो छ,” उनले भने ।

टनेल बाहिर लगाएको फूल लामो समयसम्म नरहने र चाँडै बिग्रिने हुँदा टनेल भित्र लगाउँदा खासै समस्या नहुने र लामो समय राख्न सकिने भएका कारण उनले टनेल बनाएर फूल रोपेका हुन ।

यस पटक फूल बिक्रीबाट आफूले तीन लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको भबिन्द्रले बताए । फूल किन्नको लागि मानिसहरू आफै उनको बगैँचासम्म पुग्ने गर्दछन् ।

तिहार नजिकिँदै गर्दा फूलको माग धेरै आइरहेको भन्दै उनले सबै फूलहरू स्थानीय बजारमै खपत हुने बताएका छन् । यस पटक तिहार चाँडै परेका कारण मानिसहरूले घरघरमा रोपेका फूलहरू अझै पुलिसकेका छैनन् ।

जसका कारण गत वर्षको तुलनामा यस पटक जिल्लामा कमै मात्रमा फूल उत्पादन भएको छ ।  भबिन्द्रले विगत दश वर्षदेखि जिल्लामा रेसुङ्गा एग्रो बिजनेस कन्र्सन दर्ता गरेर व्यावसायिक रूपमा कृषि र पशुपालन क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

पछिल्लो समयमा उनले रेसुङ्गा नगरपालिका–३ स्थित बेहोरेमा एक सय रोपनी गुठीको जग्गा भाडामा लिएर कृषि र पशुपालन व्यवसाय गर्दै आइरहेका छन् ।

उनको फर्ममा अहिले बङ्गुर बाख्रा र कुखुरादेखि विभिन्न प्रकारका तरकारीहरू उत्पादन हुने गर्दछ । यसबाट वार्षिक ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार गर्दै आएको घर्तीले बताए ।

जिल्लामा धुर्कोट गाउँपालिकाले विगत सात वर्षदेखि पालिकामा प्लास्टिकका माला बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?