© २०२३
दाङ ,३१ असोज ।
दाङको तुलसीपुरमा जुवाको खालबाट नगदसहित सात जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका अन्दाजी ५८ वर्षका कुबेर रेउले, सोही ठाउँका ३२ वर्षका डम्मरराज वली, अन्दाजी २८ वर्षका सन्दिप सुनार, अन्दाजी २४ वर्षका मनिष चन्द रहेका छन् ।
यस्तै तुलसीपुर– ३ कै अन्दाजी ३२ वर्षको टिकाराम केसी, अन्दाजी ३२ वर्षका अरुण कुमार चन्द र सोही ठाउँका अन्दाजी ३६ वर्षका अजय गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
गए राति पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका कुबेर रेउलेको घरमा अवैध रूपमा जुवा तास खेलिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरेको सूचना अधिकारी रानाले जानकारी दिए । उनीहरूको साथबाट ५२ पत्ति १ गड्डी तास र नगद ६६ हजार ५६० रुपैंया बरामद गरिएको उनले बताए ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।