Butwal Today

 घोराहीको होटलमा तास खेलिरहेका १२ जुवाडे पक्राउ 

३० आश्विन २०८२, बिहीबार
अ+
अ-

दाङ ,३० असोज ।

जिल्ला प्रहरी कार्यालय दाङले  घोराहीको एक होटलबाट १२ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार तुलसीपुर-६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल, घोराही १४ का विष्णु गुप्ता, घोराही-१५ का खिमबहादुर डाँगी, पङ्कज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र होटेलका म्यानेजर सुरज पुन पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १ लाख ८८ हजार ८ सय २० रुपैयाँ, खोलेको ५ गड्डी र नखोलेको तास बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले होटलको नाम भने खुलाएको छैन ।