© २०२३
बुटवल, २ पुस ।
कालिका कृषि सहकारी संस्था ८ औ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले प्रकाश गौतमको अध्यक्ष्तामा आगामी तीन वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा लक्ष्मी पाण्यडे, सचिवमा सुनिता पौडेल, कोषाध्यक्षमा सम्झना खाती रहेका छन् । सदस्यहरुमा बिष्णु सुनार, यमकला भन्डारी र द्धौपती शर्मा रहेका छन् ।
अधिवेशनले लेखा समितिको संयोजकमा बिनु भन्डारी, सदस्यमा गीता शर्मा र उर्मिला कंडेललाई चयन गरेको छ । त्यसैगरी शिक्षा समितिको संयोजकत्वमा लक्ष्मी गजमेर, सदस्यमा शोभा अर्याल रहेका छन् । संस्थाका अध्यक्ष दिपक उपे्रतीले संस्थाले सधै सदस्यहरुको हितमा काम गरेकाले स्थानीय स्तरमा लोकप्रियता कमाएको बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर ११ का वडा सदस्य राधा शाहीले गाउँ गाउँमा स्थापना गरिएका सहकारीले आम नागरिकको आर्थिक अबस्था माथि उठाउन सहयोग गरेको बताईन् । उनले कृषिको माध्यमबाट आर्थिक उपार्जन गर्न सकिने भन्दै गाउँबाटै बिकासको यात्रा सुरु हुने बताईन् । कालिका टोल विकास संस्थाका अध्यक्ष अर्जुन प्रसाद शर्मा, संस्थाका सल्लाहकार रित बहादुर गुरुङ्ग, लक्ष्मी शर्मा लगायतले सहकारीले आर्थिक विकासमा महत्वपूर्ण खेलेको भूमिका रहेको बताएका थिए ।