© २०२३
बुटवल नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केवलकार प्रा(लि)का अध्यक्ष चन्द्र प्रसाद ढकालले अबको ३ महिनामा बुटवलमा केवलकार चल्ने बताएका छन् ।
बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार २ महिनामा भित्र भौतिक संरचना निर्माण सम्पन्न हुने बताएका हुन । २ महिनामा भौतिक संरचना निर्माण पश्चात ३ महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाई रहेको छ ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले तिलोत्तममा आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा बोल्दै चन्द्रगीरी हिल्स प्रालिका अध्यक्ष समेत रहेका ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरुको चाँप बढ्ने बताएका हुन । उनले बसन्तपुर डाँडामा स्तरियहोटल सहित कामेश्वर महादेव भगवानको मन्दीर समेत निर्माण गरिने बताए ।
अवको १० बर्ष भित्रमा काठमाण्डौको चन्द्रगीरी केवलकार जस्ता ७ वटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य आफ्नो कम्पनीले लिएको उनको भनाई रहेको छ ।