ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘विश्व हात धुने दिवस: नगरौँ लापरबाही’ 

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

‘हाम्रो भविष्य हाम्रै हातमा छ, सबै मिलेर अघि बढौँ’ भन्ने नाराका साथ आज विश्व हात धुने दिवस मनाईदैछ । हरेक वर्ष अक्टोबर १५ को दिनमा यो दिवस मनाउने गरिन्छ । जस अनुसार नेपालमा पनि आज यो दिवस मनाईदैछ ।

विश्व हात धुने दिवस सुन्दा सामान्य लाग्छ तर यो दिवसको नाराले दिएको सन्देशले विश्वलाई प्रभावित गरेको छ । हाम्रो भविष्य हाम्रै हातमा छ । निश्चित रूपमा हरेक कोहीको भविष्य हातमै अडेको छ । हातै भएन भने भविष्य अन्धकार हुन्छ । असफल हुन्छ ।

दिवसले भनेजस्तै हातमा त्यति शक्ति छ । तसर्थ हात सफा राख्ने कुरामा गम्भीर बनौँ । हात स्वास्थ्य नहुँदा मानिस अनेकौँ रोगको सिकार बनेको अवस्था छ । तसर्थ शौचालय गएपछि, बालबालिकाको दिसा धोएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनुअघि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुन पानीले नियमित हात धुने गरौँ ।

चिकित्सकहरूले साबुन पानीले मिची मिची हात धुने बानीले श्वास प्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने जनाएका छन् । यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ ।

नेपालमा सन् २००८ देखि सुरु भएको विश्व हात धुने दिवसलाई केवल औपचारिक नबनाऔँ । हात सफाइको महत्त्व सबैलाई बुझाउन सक्ने हो भने करिब ८० प्रतिशत रोग निर्मूल गर्न सकिन्छ ।

आजको स्वच्छ समाज र स्वस्थ जीवनका लागि हात धुने दिवसको पनि महत्त्वपूर्ण अर्थ छ । हरेक व्यक्तिले आफ्नो दिनचर्यामा नियमित रूपमा हात धुने कार्यलाई समावेश गर्नु आवश्यक छ ।

हात सफा नभएका कारण विश्वभरि नै विभिन्न सङ्क्रामक रोगहरूले लाखौँको ज्यान लिने गरेको छ । झनै कोरोना महामारीपछि बल्ल यो दिवसका अझै महत्त्व बढेको हो । कोरोना सङ्क्रमणबाट बच्न बेला बेलामा साबुन पानीले मिची मिची हात धोइरहनुपर्ने विज्ञहरूको सुझाव थियो ।

अतः हात धुने कुरालाई सामान्य मात्रै नबनाऔँ, यो नियमित प्रक्रिया हो तर यसको महत्त्व कति छ भन्ने कुरा रोग लागेपछि मात्रै थाहा हुन्छ । रोग लाग्न दिने अवस्था ननिम्त्याऔँ । त्यसका लागि सतर्कता र सचेतताको आवश्यकता छ ।

नियमपूर्वक साबुन पानीले हात धोएमा कोरोना भाइरस लगायत विभिन्न रोगहरूबाट बच्न सकिने विभिन्न अध्ययनले पुष्टि गरेको छ । विश्वमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको अभावमा ५ वर्ष मुनिका १४ लाख बालबालिकाको झाडापखाला र निमोनिया जस्ता रोगका कारण मृत्यु हुने गरेको छ ।

हात धुने बानीलाई नियमित गराउन सके करोडौँको सङ्ख्यामा जीवन बचाउन सकिन्छ । तसर्थ खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग गरेपछि र अन्य आवश्यक अवस्थामा बच्चैदेखि हात धुने बानी बसाल्न जरुरी छ ।

विभिन्न महामारीबाट बच्न विभिन्न वस्तु छुना साथ वा बिरामीको स्याहार तथा अन्य व्यक्तिको सम्पर्कबाट छुट्ने बित्तिकै हात धुने बानी बसालौँ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन ।

अतः चिकित्सकहरूको सल्लाह र सुझावलाई आत्मसाथ गरे मात्रै पनि रोगबाट बच्न सकिने भएकोले लापरबाही नगरौँ भन्ने हो ।  विश्व स्वास्थ्य सङ्गठनले शौचालयको प्रयोग गरिसकेपछि, खाना खानुअघि, बिरामी वा बच्चाको स्याहार सुरक्षा गर्नु अघि, बिरामीको दिसा धोएपछि, कुनै पनि फोहोर कुरा वा विषादी छोइसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन आग्रह गरेको छ ।

यति गर्न सक्ने हो भने करिब करिब ९० प्रतिशत रोगको सिकार हुनुपर्दैन । अतः यो वर्षको नाराले भनेजस्तै साबुन पानीले हात धुने बानी बसाल्नु जरुरी छ । तपाई हामीले आफ्नो भविष्य कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा निर्भर रहेको विश्व हात धुने दिवसको महत्वको विषयमा सबैलाई जानकारी गराऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?