ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

प्रशासनमा दिनहुँ सेवाग्राहीको चाप

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

गुल्मी, २८ असोज ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा यतिबेला अत्यधिक मात्रामा सेवाग्राहीहरूको चाप बढेको छ । दसैँपछि कार्यालयमा विभिन्न सेवा लिन आउने सेवाग्राहीहरूको चाप दिनहुँ बढ्दै गएको हो ।

अधिकांश मानिसहरू चाडबाडको समयमा घर आएको मौका छोपेर नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालय आउने गर्दछन् । जसका कारण यो अवधिमा कार्यालयमा अत्यधिक मात्रामा सेवाग्राहीको चाप हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले बताएका छन् ।

एक सातादेखि जिल्ला प्रशासन कार्यालयमा यसरी सेवाग्राहीहरूको चाप बढेपछि सेवा दिने सेवा प्रदायक कार्यालयलाई पनि सेवाग्राहीहरूको भिडलाई व्यवस्थापन गर्न मुस्किल परेको छ ।

कार्यालयमा सेवाग्राहीहरूको बाक्लो उपस्थिति भएपछि कार्यालयले भिडलाई व्यवस्थापन गर्दै राती अबेरसम्म नागरिकहरूलाई सेवा प्रवाह गर्दै आएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनले आफूले नागरिकहरूलाई कसरी छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सकिन्छ भन्नेमा लागिरहेको बताए ।

कार्यालयमा कर्मचारीहरूको अभाव भएपछि प्रशासनले जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र मालपोत कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

नागरिकको सेवालाई सहज र सरल बनाउन प्रमुख जिल्ला अधिकारी कोइराला र सहायक प्रमुख जिल्ला अधिकारी गैरे नागरिकता र राष्ट्रिय परिचयपत्रको फाँटमै बसेर सेवाग्राहीहरूलाई दिनहुँ सहजीकरण गर्ने काममा आफै खटिरहेका हुन्छन् ।

कुनै पनि सेवाग्राहीहरूले अर्काको पालो नमिचुन् भनेर कार्यालयले राष्ट्रिय परिचय पत्र र राहदानीमा दिनहुँ टोकन प्रणाली लागु गरेको छ ।
कतिपय सेवाग्राहीहरू आफ्नो चाँडै पालो आवस भनेर अघिल्लो दिनमा नै सदरमुकाम तम्घास आएर बास बस्ने र बिहान छ बजे देखिनै लाइनमा बस्ने गर्दछन् ।

लाइनमा लामबद्ध भएर बस्दै गर्दा कतिपय अवस्थामा उक्त लाइन कार्यालयको गेटसम्म पुग्ने गर्दछ । कार्यालय परिशरमा देखिने मानिसहरूको बाक्लो उपस्थिति कुनै विवाह तथा उत्सवहरू भन्दा कम देखिँदैन ।

आफ्नो पालो चाडै लगाएर सबेरै घर फर्कने आसमा हातमा टोकन बोकेर घण्टौँसम्म मानिसहरू लाइनमा आफ्नो पालो पर्खिरहेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा दैनिक सरदर तीन सय जना राष्ट्रिय परिचयपत्र बनाउने, एक सय ५० नयाँ नागरिकता बनाउने, एक सय जना राहदानी बनाउने र एक सय जनाले प्रतिलिपि नागरिकता लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिएका छन् ।

त्यसका अतिरिक्त अन्य सिफारिस लिन आउनेहरूको सङ्ख्या पनि उत्तिकै रहेको गैरेले बताए । जिल्लाका अन्य सरकारी कार्यालयहरू मध्य जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सबै भन्दा बढी चाँप हुने गर्दछ । यो भिडभाड तिहारपछि मात्र केही कमी हुने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?