ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

रोटरी क्लव अफ बुटवलको तेस्रो क्लव एसेम्बली

२ पुष २०७९, शनिबार
२ पुष २०७९, शनिबार

बुटवल, २ पुस ।

रोटरी क्लव अफ बुटवलको तेस्रो क्लव एसेम्बली एवं क्लवको १४४२ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । तेस्रो क्लव एसेम्बलीका क्रममा विभिन्न कमिटी चेअरहरुले आ–आफ्नो कमिटीको प्रतिवेदन प्रस्तुत गर्दै प्रगति विवरण पेश गरेका छन् ।

एसेम्बलीमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २२ का एजी दिनेश पौडेलले वार्षिक कार्ययोजना अनुसार काम भइरहेको बताउँदै क्रियाशिलता अझै बढाउन र क्लबको पदीय भूमिका अनुसार काम गर्न आग्रह गरे ।

निकै कठिन समयको अवस्थामा पनि महत्वपूर्ण सामाजिक कार्यहरु र सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरी सेवा गर्न सके उपयोगी हुने बताए ।

बैठकमा क्लव एडमिनिस्ट्रेशन कमिटी चेयर मधुप्रकाश अर्यालको तर्फबाट प्रज्वल थान्जुले लक्ष्य अनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । क्लव मेम्बरसिप कमिटी चेअर झविन्द्रप्रसाद कंडेलले पनि आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए ।

यसैगरी सर्भिस प्रोजेक्ट कमिटी चेअर इ. छविन्द्र भट्टराई, द रोटरी फाउन्डेसन कमिटी चेयर लेखनाथ भुसालको तर्फबाट डा. तारानाथ भट्टराई, पव्लिक इमेज कमिटी चेअर शिवकुमार ज्ञवालीले पनि आ–आफ्नो कमिटीको कार्यप्रगति विवरण पेश गरेका थिए ।

क्लव एसेम्बलीमा बोल्दै एसिष्टेन्ट गभर्नर दिनेश पौडेलले रोटरी क्लबका सदस्यहरुको जिम्मेवारीका बारेमा चर्चा गर्दै क्लबको गतिशीलता, क्लबको सदस्यहरुको क्रियाशीलतामा भर पर्ने बताउँदै हरेक क्लबका सदस्यहरुले ‘म रोटरीयन हुँ, मैले रोटरी क्लबको गरिमालाई उँचो बनाउनुपर्छ’ भनेर सोच्नुपर्ने बताए ।

प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठले सबैले आ–आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य सम्झेर सामाजिक काममा अझ बढी क्रियाशिल हुन आग्रह गरे ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । बैठकमा पुर्व अध्यक्षहरु डा. मनोहर जोशी, निर्मलप्रसाद लाकौल, हरिप्रसाद पौडेल, अन्य रोटरीयनहरु गोपाल अधिकारी, सुमन श्रेष्ठलगायतले पनि बोलेका थिए ।

बैठकमा रोटरी क्लव अफ बुटवलको ३० वर्षको इतिहासमा पहिलोपल्ट अध्यक्षको जन्मदिन परेको थियो । अध्यक्ष बोनिन पियाको जन्मोत्सव बैठकमा पहिलोपटक मनाइएको क्लवले बताएको छ । त्यसैगरी बैठकमा रोटरीयनहरु बिनिराम अधिकारी, बुद्धिमाया थापा, चिरन्जीवी जोशी, इन्द्र भुसाल, लोकनाथ भुसाल, विश्वरुप श्रेष्ठ र सर्जुनारायण श्रेष्ठको विवाहउत्सवको अवसरमा खुशी साटासाट गरिएको थियो ।

त्यसैगरी बैठकमा रोटरीयन कृष्ण पराजुलीका बुबाको शनिबारै दुःखद निधन भएको भन्दै श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?