ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

‘अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकमाथि बुटवलमा परिचर्चा

२७ आश्विन २०८२, सोमबार
२७ आश्विन २०८२, सोमबार

बुटवल —

आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा अर्थविद् मनिकर कार्कीद्वारा लिखित पुस्तक ‘अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ को दोस्रो संस्करणमाथि सोमबार बुटवलमा परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. बाबुराम ज्ञवालीले पुस्तकमा समावेश गरिएका विषयहरू सबै पाठकले सहज रूपमा बुझ्न सक्ने गरी प्रस्तुत गरिएको बताए। उनले देशको विकासका लागि निजी क्षेत्रको मनोबल सुदृढ गर्नु अनिवार्य शर्त भएको भन्दै नीति निर्माताहरूलाई पुस्तक अध्ययन गर्न सुझाव दिए।

विशिष्ट अतिथि तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका चुनौतीहरू पहिचान गरी तिनको दीर्घकालीन समाधानका लागि आयातित होइन, मौलिक विचार र मोडेललाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए। उनले पुस्तकले नेपाली अर्थतन्त्रलाई अगाडि बढाउन सन्दर्भ सामग्रीका रूपमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले राज्यले स्थानीय उद्यमीलाई स्वदेशमै लगानी गर्न सहज वातावरण नबनाउँदा युवा उद्यमशीलता कमजोर बनेको उल्लेख गरे। उनले कच्चा पदार्थ, जनशक्ति र नीतिगत अवरोधका कारण उद्योगहरू कठिनाइमा परेका र पुँजी पलायन बढ्दै गएको बताए।

त्यसैगरी वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले पुस्तकले उठाएका प्रश्नहरू गहिरो विश्लेषण र बहसका माग गर्ने खालका रहेको बताए। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले देशमा देखिएका सामाजिक, आर्थिक र राजनीतिक संकटको समाधान खोज्ने तथा निजी क्षेत्रलाई उत्साहित पार्ने गरी लेखकहरू प्रस्तुत हुनुपर्ने धारणा राखे।

कार्यक्रममा राजेन्द्र लम्साल, कृष्ण पाण्डे, सञ्जीव भण्डारी, गणेश घिमिरे र नवीन सुनुवारलगायतले लेखकलाई शुभकामना दिँदै आफ्नो विचार प्रस्तुत गरे।

कार्यक्रममा लेखक मनिकर कार्कीले दोस्रो संस्करण प्रकाशित गर्नुपर्ने आवश्यकता र पुस्तक लेखनका आफ्ना अनुभवहरू बाँडे। कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसाल, कोषाध्यक्ष जीवन परियारलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?