ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
आज विपद् न्यूनीकरण दिवस

बाढी पहिरो प्रभावित क्षेत्रमा राहत कहिले ?

२७ आश्विन २०८२, सोमबार
२७ आश्विन २०८२, सोमबार

आज प्राकृतिक विपद् न्यूनीकरण दिवस । यो दिवस मनाई रहँदा हालै मात्र देशमा आएको प्राकृतिक विपत्तिले पु¥याएको जनधनको क्षतिको स्मरण गराएको छ ।

असोज १७ देखि २० गतेसम्म आएको भारी वर्षामा परि ६० जनाको मृत्यु भयो । दर्जनौँ नेपाली नागरिक घाइते भए । करोडौँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । खासगरि इलामले सबैभन्दा ठुलो क्षति बेहोरेको छ ।

सरकारले इलामलाई तिन महिनाका लागि बिपत सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रभावित परिवारको राहतको कुरा अहिले सबैभन्दा महत्त्वपूर्ण विषय हो । पीडित परिवारले एक साता भए पनि अझैसम्म उचित राहत नपाएको गुनासो गरेका छन् ।

अर्कोतर्फ विस्थापित परिवारलाई उचित स्थानमा पुनर्स्थापनाको खाँचो छ । बाढी पहिरोबाट प्रभावित भएका बासिन्दाहरूले सरकारले राहतमा ढिलाइ गरेको भन्दै आक्रोश समेत पोखेका छन् ।

सरकारले उद्धार र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए पनि प्राकृतिक पीडितहरूले राहतमा समन्वय समेत हुन नसकेको गुनासो गरेका छन् । पीडितहरू जतिसक्दो धेरै छिटो राहत पाउने आशामा बसेका छन् ।

समयमा नै राहत पु¥याउनु सरकारको दायित्व र कर्तव्य पनि हो । अर्कोतर्फ विपद्को समयमा सबै नागरिकले आफ्नो दायित्व र कर्तव्य सम्झिएर बाढीपीडितहरूको सहयोग गर्नुपर्छ ।

यस्तो अवस्थामा कसैलाई आक्षेप गर्नुभन्दा सबैले आ–आफ्नो दायित्व बहन गर्नुपर्छ । बाढी पहिरो प्रभावित परिवारलाई तत्काल राहत पु¥याउनुपर्छ । सरकारले बाढी पहिरोबाट घाइते भएकाहरूको उचित उपचार र भत्किएका भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनुपर्छ ।

प्रकोप पीडितहरूले अब राहत पाउनबाट वञ्चित हुनु नपरोस् । यो वर्ष चार दिनकै अवधिमा पूर्वी क्षेत्रमा बाढी पहिरोले ठुलो परिमाणमा धनजनको क्षति भएको छ । नेपालका विभिन्न जिल्लामा सानोतिनो वर्षा हुँदै बाढी–पहिरोको समस्या हुने गरेको वर्षौँ भए पनि त्यसको दीर्घकालीन समाधान भएको छैन ।

प्राकृतिक विपत्ति हो भनेर राज्य पन्छिन मिल्दैन । यसै गरी बिचल्लीमा परेकाहरूको उचित हेरचाह गर्नु पनि राज्यको दायित्व हो । उनीहरूलाई क्षतिको मात्रा मूल्याङ्कन गरेर राज्यका तर्फबाट आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नु पनि जरुरी रहेको छ ।

यसतर्फ सम्बद्ध पक्षको अविलम्ब ध्यान जाओस् । बाढी पहिरो प्रभावित क्षेत्रमा मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरेका छन् । उनले सहयोगको आश्वासन दिएका छन् तर त्यो केवल आश्वासन मात्रै नहोस् ।

आगामी दिनमा पीडित परिवारलाई राहत दिने सवालमा सरकारले कन्जुस्याइँ नगरोस् । एक द्वार प्रणालीबाट राहत सङ्कलन र वितरणको कुरा पनि आएको छ । त्यो भने अनियमितता र दोहोरिने समस्या हुँदैन । सरकार र सम्बन्धित निकायले यो विषयमा ध्यान दिनु अत्यन्त जरुरी छ ।

सरकारको अबको पहिलो प्राथमिकता र काम भनेको प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरण गर्नु नै हो । समयमा उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न नसक्दा धेरैले अकालमा ज्यानसमेत गुमाउनुप¥यो ।

तर, अब प्रभावित क्षेत्रका बासिन्दालाई खानपानको व्यवस्थासहितको स्वास्थ्य परीक्षण र उपचार प्राथमिकतामा राखिनुपर्छ । अहिले राहत सामग्री पु¥याउन जुटेका हातहरू शुद्ध खानेपानी, औषधि र चिकित्सकहरूको टोलीसहित खटिनुपर्छ ।

तर, यस्तो बेलामा सरकारको पहल मात्रै पर्याप्त नहुन सक्छ, त्यसैले सहयोगी हातहरूले एक–अर्का निकाय बिच समन्वयकारी ढङ्गले अघि बढ्दा पक्कै पनि नतिजा राम्रो हुनेछ ।

पहाडमा पहिरो र तराईमा बाढीको कहर बर्षौदेखिको समस्या हो । नेपाल मात्र होइन विश्वले नै प्राकृतिक विपत्ति न्यूनीकरण दिवस मनाई रहँदा कम्तीमा पनि प्राकृतिक प्रकोपको सावधानी अपनाउनेतर्फ समयमै ध्यान दिनु जरुरी छ । त्यसबाट हुने क्षति रोक्न सजिलो हुने विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?