© २०२३
बुटवल, २६ असोज ।
साईकल अभियानमा क्रियाशिल रुपन्देहीको साईकल सिटी भैरहवाको दोस्रो अधिवेशनबाट सूर्य कुमार सारूमगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
शनिबार सम्पन्न अधिवेसनबाट उपाध्यक्ष थिरेन्द्र कुमार श्रेष्ठ, सचिव सुमन शर्मा, कोषाध्यक्ष शान्त रानाभाट, सहसचिव हरि जयसवाल, सदस्य विजय खरेल, सदस्य रमेश घिमिरे, सदस्य शैलेन्द्र प्रसाद श्रेष्ठ, सदस्य गोपाल ज्ञवाली सर्वसम्मत चयन भएका छन ।
नवनिर्वाचित अध्यक्ष सारू मगरले भैरहवालाई दक्षिण एशियाको पहिलो साईकल शहर बनाउने लक्ष्यसहित स्वास्थ्य, वातावरण र पर्यटन प्रवद्र्धनमा केन्द्रित अभियान अघि बढाइने प्रतिबद्धता जनाए ।
उनका अनुसार साईकल प्रयोगलाई दैनिक जीवनशैलीमा समावेश गर्दै प्रदूषण नियन्त्रण, स्वस्थ जीवनशैली र हरित सहर निर्माणमा क्लबले निरन्तर योगदान गर्नेछ । कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले गर्नुभएको थियो । उनले साईकल अभियानलाई मानव स्वास्थ्यसँगै वातावरण संरक्षण र सहरको सौन्दर्यीकरणसँग जोडिएको महत्वपूर्ण पहल भन्दै प्रशंसा गरे ।
कार्यक्रममा उपाध्यक्ष थिरेन्द्रकुमार श्रेष्ठले संस्थाबाट नियमित आयोजना हुँदै आएको ‘बुद्ध ज्ञान साईकल यात्रा’ को तेस्रो संस्करण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले तिहारमा फेस्टिभल अन्तरगत मनाङ भ्रमणको योजना र विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै सामाजिक तथा पर्यावरणीय कार्यक्रम सञ्चालन गरिने बताए । त्यसैगरी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले साईकल अभियानलाई भैरहवाको पहिचान बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।