Butwal Today

खस्यौली फाइनलमा

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २४ असोज ।

युवा खेलाडीलाई प्लेटफर्म दिने गरी पाल्पाको रामपुरमा जारी यु–१९ सेभेन ए साईड खुल्ला राष्ट्रिय फुटबल प्रतियोगितामा रुपन्देहीको खस्यौली एफसी फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमीफाइनलमा देवदह एफसीलाई पेनाल्टी शुटआउटमा २–० गोल अन्तरले पराजित गर्दै खस्यौली एफसी फाइनलमा प्रवेश गरेको हो । खेलमा उत्कृष्ट खेलप्रदर्शन गर्ने खस्यौलीका गोलकिपर नबिन मर्याङगी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

शनिबार उपाधिका लागि आयोजक एलजी एसोसियसनसंग खस्यौलीले फाइनल खेल्ने छ । प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख रुपैया तथा उपविजेता टिमले नगद १ लाख रुपैयाबाट पुरस्कृत हुने छ भने सेमीफाईनल पुग्ने २ टिमलाई नगद २५ हजार रुपैयाबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।