ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

मुठभेड होइन, निर्वाचनमा जाऔँ 

२४ आश्विन २०८२, शुक्रबार
२४ आश्विन २०८२, शुक्रबार

सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचन निर्धारित मितिमै हुने कुरामा आशङ्का बढ्न थालेको छ । देशमा निर्वाचनको वातावरण भन्दा पनि मुठभेडको अवस्था सिर्जना हुने चिन्ता बढेको छ ।

निर्वाचन आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ तर दलहरू सहमतिमा नगरिएको कार्य तालिका मान्नै तयार छैनन् । नेकपा एमाले पछिल्लो समय सरकारप्रति आक्रामक देखिएको छ । यस्तो अवस्थामा सरकारले संयमसाथ कदम चाल्नुपर्ने स्थिति बनेको छ ।

किनभने यो सरकारलाई फागुन २१ भित्र निर्वाचन गरि नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नुपर्ने म्याण्डेड छ । तसर्थ सरकारले अरू कुरामा ध्यान नदिई चुनावको वातावरण बनाउनेतर्फ ध्यान दिनु देश र जनताको हितमा हुनेछ ।

निर्वाचन आयोगले मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको समय तोकेको छ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यक्रम छ ।

सार्वजनिक भैसकेको निर्वाचन तालिका अनुसार सरकार र राजनैतिक दलहरू सहमतिमा निर्वाचनको वातावरण बनाउनेतर्फ प्रयासरत हुनुपर्दछ । निर्वाचन आयोग तयारीमा जुटिसकेकोले मुलुकका प्रमुख राजनैतिक दलहरूले यो विषय अवस्थाको मूल्याङ्कन गरि निर्वाचनको माहौल बनाउनेतर्फ केन्द्रित हुनुको विकल्प छैन ।

किनभने लोकतन्त्रको विशेषता हो– निर्वाचनमार्फत जनताका प्रतिनिधिलाई शासन सुम्पिनु । दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर लोकतन्त्रलाई जरैदेखि मजबुत बनाउने यो अवसरलाई दलहरूले गुमाउनुहुँदैन ।

सरकारले भनेजस्तै आफ्ना असन्तुष्टिहरूलाई मतपत्रद्वारा जाहेर गर्ने अवसरको भरपुर फाइदा उठाउन मतदाता पनि चुक्नुहुन्न । नेकपा एमालेले चुनावप्रति आशङ्का गरिरहेको छ । यही अवस्थामा निर्वाचनमा जान नसकिने एमालेको ठहर छ ।

अतः सरकारले नेकपा एमालेलाई समेत विश्वासमा लिन सक्नुपर्दछ । यो सरकारको पहिलो दायित्व हो– निर्वाचनको वातावरण बनाउनु । तसर्थ सरकारले नेकपा एमाले सहित सबै राजनैतिक दलहरूलाई विश्वासमा लिने काम सुरु गरोस् ।

यो सरकार विशेष परिस्थितिमा बनेकोले यसको सीमा पनि सोही अनुसार हुनुपर्दछ भन्ने बिर्सिनू हुँदैन । अर्कोतर्फ जनताको असन्तुष्टि सीमित नेताहरूको स्वार्थ मात्र हो भनेर लगाइएको लाञ्छना हटाउनका लागि समेत दलहरूले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्छ ।

लोकतन्त्रमा निर्वाचनमा भाग नलिने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । निर्वाचनविरुद्ध लाग्नु भनेको जनताको नाममा जनतालाई धोका दिनु हो । तसर्थ सरकारले विश्वासको वातावरण बनाउने र दलहरूले निर्वाचनमा भाग लिने परिस्थिति बनाउनु जरुरी छ ।

अतः यो वा त्यो बहानामा निर्वाचन बिथोल्नु वा निर्वाचनको विरोध गर्नु आमजनताको भावना विपरीत हुन्छ । राजनीतिक दलहरूले जनताको मतकै आधारमा शक्ति देखाउने हो । जनताको मतकै आधारमा आफ्नो एजेन्डा स्थापित गर्ने हो । तसर्थ निष्पक्ष, धाँधलीरहित निर्वाचनको वातावरण बनाउनको लागि सबै जुटौँ ।

लोकतन्त्रको मूल्य र मान्यतामाथि विश्वास गर्ने दलहरूले निर्वाचनमा सहभागी भएर जनताको मतको सम्मान गर्नुपर्छ । संविधानप्रति देखिएको असन्तुष्टि क्रमशः देश र जनताको चाहना अनुसार संशोधन गर्दै जान सकिन्छ ।

तसर्थ अबको दिनमा सरकारले निर्वाचनको लागि आवश्यक पर्ने शान्ति सुरक्षामा ध्यान देओस् । निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन पनि सरकारले ढिलाइ गर्नुहुँदैन । आगामी फागुन २१ गते सरकारले घोषणा गरेकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ ।

कुनै पनि बहानाबाजी बनाएर निर्वाचनको मिति सार्नुहुँदैन । मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिलाई गलत ढङ्गले व्याख्या गर्दै एक थरी निर्वाचन हुँदैन भन्ने हल्ला गरिरहेका छन् । अब दलहरू निर्वाचनबाट त्रसित हुनुपर्दैन ।

जनताको अधिकार जनतामै जाने व्यवस्थालाई कुल्चिने काम कोही कतैबाट हुन सक्दैन । घोषित मितिमै निर्वाचन गराएर जनताका प्रतिनिधिलाई शासन गर्ने अधिकार प्रत्यायोजन नगरेसम्म देश लिकमा नआउने भएकोले निर्वाचन टार्ने वा बिथोल्ने तथा गलत बहानाबाजी बनाउने काम कतैबाट नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?