Butwal Today

जेनजी आन्दोलनमा जिल्ला अदालत जोगाउने प्रहरीलाई  सम्मान

२३ आश्विन २०८२, बिहीबार
अ+
अ-

दाङ ,२३ असोज ।

दाङमा जेनजी आन्दोलनमा उल्लेख्य काम गरेकोमा प्रहरीलाई सम्मान गरिएको छ   । जेनजी आन्दोलनका समयमा जिल्ला अदालत दाङमा कार्यरत प्रहरी सहायक हवल्दार संगीता अधिकारीलाइ सम्मान गरिएको छ। जिल्ला अदालतले अधिकारीलाइ सम्मान गरेको हो ।

जेनजी आन्दोलनमा आगन जोडिएको जिल्ला समन्वय समिति जलेपछी अब हाम्रो पालो होला  भन्ने  लागेर बचाउन लागेको उनले बताइन् । उनले भनिन् म संग हतियार पनि थिएन तर मैले आन्दोलनकारी मध्य कोही त बुझकारी होलान् भन्ने लागेर हात जोडेर अनुरोध गरे   ।

पीडितका फाइल छन् , उनीहरुले न्याय पाउदैनन् बिन्ती छ, हाम्रो न्यायलय बचाउनुहोस । यो बचेपछी पीडितले न्याय पाउछन् भनेर हात जोडी बिन्ती गरेको उनीहरुले माने । सबै बचाउन त सकिएन, तोडफोड त भयो तर अन्य कार्यालय भन्दा कम क्षती भएको हो। जिल्ला  अदालत दाङका न्यायाधीश प्रकाशप्रसाद पन्डितले सम्मान गरेका थिए   ।